arrow

उपराष्ट्रपति भन्छन् ,नाकाको अवरोध छिट्टै अन्त्य हुन्छ

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
उपराष्ट्रपति-नन्दबहादुर-पुन.jpg.jpeg
चितवन। उपराष्ट्रपति नन्दबहादुर पुनले नाकाको अवरोध छिट्टै अन्त्य विश्वास लिएका हुन् । पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा आज रत्ननगर महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
 
उनले भने “वैशाखको भूकम्प र त्यसपछिको अवरोधका कारण जनताले पीडा र व्यथा पाएका छन्, त्यसको चाँडोभन्दा चाँडो अन्त्य होस् । सबैको यसप्रति ध्यान जाओस् भन्ने आग्रह गर्न चाहन्छु ।” उपराष्ट्रपति पुनले अवरोधका कारण राष्ट्रले ठूलो मानवीय तथा आर्थिक मूल्य चुकाउनु परेको भन्दै राष्ट्रिय उद्योग, व्यापार, व्यवसाय नराम्ररी प्रभावित हुन पुगेको उल्लेख गरे ।
 
देशको निर्यात अवस्था बलियो भए मात्र देशको अर्थतन्त्र सुदृढ हुने बताउँदै उहाँले हिमाल, पहाड र तराईमा आर्थिक विकास आजको आवश्यकता भएको बताउनुभयो । यस्तो महोत्सवले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भन्दै उपराष्ट्रपति पुनले स्थानीय उत्पादन प्रवद्र्धन गर्न गाउँगाउँमा मेला महोत्सव आयोजना गर्नुपर्ने बताए । सो अवसरमा उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठले नाकाबन्दी र भूकम्पका कारण उद्योग व्यापार प्रभावित भएको भन्दै राज्यका तर्फबाट सम्बोधन हुनुपर्ने धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ