arrow

२८ किलो चरेससहित तीन पक्राउ

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
police.jpg.jpeg
बागलुङ।जिल्लाको बुर्तिवाङबाट ३८ किलो अवैध लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलीले बुधबार साँझ स्थानीय बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । 
 
चरेससहित पक्राउपर्नेमा रुकुमको रन्मा मैकोट–५ का ५१ वर्षीय बेजबहादुर घर्तीमगर, सोही स्थानका २३ वर्षीय राजु घर्तीमगर र रोल्पा घर भएकी ३० वर्षीया कर्मचीज पुन रहेको प्रहरीले जनाएको छ । जिल्लाको ढोरपाटनबाट बुर्तिवाङ ल्याउँदै गरेका अवस्थामा गस्तीटोलीले चरेस फेला पारेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताउनुभयो । जाँचका क्रममा झोलामा राखी बोकेको अवस्थामा चरेस भेटिएको उनको भनाइ छ । 
 
चरेससहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ अनुसार लागुऔषधसहित पक्राउपर्नेलाई दुई वर्षदेखि १० वर्षसम्मको कैद र रु १५ हजारदेखि एक लाखसम्मको जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ