arrow

मधेस आन्दोलन र नाकाबन्दीको समस्या चाँडै हट्ने –महासचिव महरा

लडाकु व्यवस्थापन खर्चको लेखा परीक्षण भइसक्यो

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
कृष्णबहादुर-महरा.jpg.jpeg
तुलसीपुर (दाङ)। एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले संविधान संशोधन गरी मधेसीको माग संशोधन प्रक्रिया सुरु भएकाले अब मधेस आन्दोलन र नाकाबन्दीको समस्या चाँडै नै हट्ने बताएका हुन् । 
 
क्रान्तिकारी पत्रकार सङ्घ रोल्पाले  लिवाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले मधेसी दलले बाहिरी रुपमा संविधानको खुलेर स्वीकार नगरेको भए पनि भित्रीरुपमा भने संविधान स्वीकार गरेको दाबी गरे । 
 
अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफमा नेता महराले शान्ति प्रक्रिया सुरु भएपछि लडाकु व्यवस्थापन गर्दा आफूले सरकारसँग बुझेको खर्चको बारेमा अनुसन्धान गर्नुपर्ने भनी पत्र पठाएको जवाफ दिए । अहिले सो रकमको लेखा परीक्षण भइसकेको समेत उनले स्पष्ट पारेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ