arrow

आयरल्याण्डलाई भारतले ७९ रनले हरायो

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
india-u19.jpg.jpeg
एजेन्सी । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७९ रनले पराजित गरेको छ । श्री बंगला नेशनल मैदान, मिरपुरमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनायो । भारतका लागि सफ्र्राज खानले सर्वााधिक ७४ रन बनाए । वसिङ्गउटन सुन्दरले ६२ रनको योगदान गरे । बलिङतर्फ आयरल्याण्डका रोय आन्द्रेसले ३ विकेट लिए ।
 
२ सय ८० रनको रनको चुनौची पछ्याएको आयरल्याण्ड ४९ दशमलव १ ओभरमा सवै विकेट गुमाउदै १ सय ८९ रनमै समेटियो । आयरल्याण्डको सुरुवात राम्रो हुन सकेन । प्रारम्भिक ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । मध्यक्रमका व्याट्सम्यानद्वय लोरकन ट्रर्र्चर र विलियम मिक्लिनटोक ले क्रमशः ५७ र ५८ रनको योगदान गरे । यद्यपि, आयरल्याण्डको हार टरेन । आयरलयाण्डको ब्याटिङ ध्वस्त पार्ने क्रममा भारतका राहुल वथमले ८ ओभरमा १५ खर्चिदै ३ विकेट लिए । अभेस खान र मनिपाल लोमोनरले समान २–२ विकेट झारे । 
 
यू–१९ विश्वकपको अर्को खेलमा अफगानिस्तानलाई पाकिस्तानले ६ विकेटले हराएको छ । यस्तै, श्रीलंकाले क्यानाडालाई १ सय ९६ रनको विशाल अन्तरले पराजित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ