arrow

संविधान संशोधनले मधेसका समस्या समाधान–नेता नेपाल

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
माधवकुमार-नेपाल.jpg.jpeg
धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधान संशोधनले मधेसका समस्या समाधान गरेको बताएका छन् । 
 
विहीबार आयोजित एमाले कैलालीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले संविधानले सबैको अधिकार सुनिश्चित गरेकाले अब बन्द, हडताल, क्रान्तिको आवश्यकता नरहेको धारणा राखेका हुन् । “अब राज्य क्रान्ति गर्नु आवश्यक छैन, आर्थिक क्रान्तिको चरणमा नेपाल प्रवेश गरेको छ”उनले भने । 
 
मधेसमा जारी आन्दोलनतर्फ लक्षित गर्दै उहाँले नाकाबन्दी र बन्द, हडतालले सबैभन्दा बढी मधेसकै जनता पीडित भएकाले वार्ता र सहमतिद्वारा समाधान खोज्न आग्रह गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ