arrow

अक्षयले दिए भन्सालीलाई गणतन्त्र दिवसमा 'पद्मावत' उपहार

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
sanjay-leela-bhansali-759.jpeg

एजेन्सी । अक्षय कुमारले चलचित्र 'प्याड म्यान' को रिलिज डेट सरेर 'पद्मावत' का निर्देशक सञ्जयलीला भन्सालीलाई गणतन्त्र दिवसको उपहार दिएका छन् । शनिवार संयुक्त प्रेस रिलिज गर्दै अक्षय र भन्सालीले चलचित्र रिलिज सरेको जानकारी दिए ।  पत्रकार सम्मेलनमा भन्साललीले अक्षयलाई चलचित्र रिलिजको मिति सारेकोमा धन्यवाद दिए ।

 भारतको गणतन्त्र दिवसको अघिल्लो दिन चलचित्र 'पद्मावत' र 'प्याड म्यान' रिलिज हुने  तरखरमा थिए ।  तर, अक्षय कुमारले चलचित्र फेब्रुअरी ९ मा रिलिज हुने तय गरेर भन्साललीलाई उपहार नै दिए ।   

भन्साललीको  चलचित्र 'पद्मावत' २५ जनवारीमा रिलिज हुदैछ ।   २६ जनवरी शुक्रवारका दिन भारतको गणत्रन्त्र दिवस परेको छ सो दिन सार्वजनीक विदा हुनेछ भने शनिवार आधा विदा र आइतवार सार्वजनीक विदा परेका कारण यी ३ दिनमै चलचित्रले ठुलो रकम उठाउने सम्भावन देखिन्छ तर पनि सो अवसरलाई छाडेर अक्षयले आफु त्यागी रहेको प्रमाणित गरेका छन् ।

निर्देशक भन्सालीको ठूलो लगानी रहेको 'पद्मावत'लाई 'प्याड म्यान'ले  टक्कर दिने संम्भवना देखेपछि भन्सालीले अक्षयकुमारसँग रिलिज डेट सार्नका लागि अनुरोध गरे। अक्षयले भन्सालीको कुरालाई मानेर चलचित्रको रिलिज डेट सारिदिए ।  भन्साली र अक्षयले चलचित्र 'गब्बर इज ब्याक' र 'राउदि राठोर' मा काम गरिसकेका छन् । चलचित्रमा भन्साली निर्माता थिए भने अक्षय अभिनेता ।  

 प्याड म्यानको रिलिज डेट पद्मावतकै कारण पहिले पनि सरेको थियो। चलचित्रमा अक्षय कुमार, सोनम कपुर र राधिका अपते मुख्य भुमिकामा रहेका छन् । चलचित्रको निर्देशक आर बालकीले गरेका छन् । 

  भन्साललीको  चलचित्र 'पद्मावत' मा रणविर संह , दीपिका पादुकोण , साहिद कपुर मुख्य भुमिकामा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ