arrow

संजयलाई राखेपको सम्मान

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
sanjaya-rakhepa.jpg.jpeg
काठमाडौं। उल्टो हिडेर अफ्रीकाको सर्बोच्च शिखर किलिमन्जारो आरोहण गरेका किर्तिमानी बिश्व पर्वतारोही तथा धाबक संजय पण्डितलाई राखेपले २५ हजार नगद सहित सम्मान गरेको छ। राखेपका सदस्यसचिब केशब कुमार बिस्टले आज उक्त रकम बराबरको चेक पण्डितलाई हस्तान्तरण गरेका हुन्। पण्डितले सगरमाथा, मनास्लु लगायत बिश्वका चर्चित हिमालहरुको सफल आरोहण सम्पन्न गरिसकेका छन्। चेक हस्तान्तरण कार्यकममा सदस्यसचिब बिष्टले संजयले राष्ट्रलाई चिनाउन बिशेष योगदान दिएकोमा खुशी ब्यक्त गर्दै आगामी पर्बतिय मिसनको सफलताको कामना गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ