arrow

प्रदेशसभा ज्येष्ठ सदस्यद्वारा शपथग्रहण

logo
प्रकाशित २०७४ माघ ७ आइतबार

पोखरा । प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आइतबार बिहान पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । 

प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई शपथग्रहण गराएका हुन् ।  

समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल,पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायतको उपस्थिति रहेको थियो । 

ज्येष्ठ सदस्य श्रेष्ठले आइतबारै प्रदेश नं ४ का प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ