arrow

पुर्व मन्त्री लेखक र कतारका श्रममन्त्रीवीच भेटवार्ता

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
lekhak4.jpg

कतार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री रमेश लेखक र कतारका  प्रशासकीय बिकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा.इसा साद ए अल नैमी बिच भेट्वार्ता भएको छ ।

नेपाली जनसम्पर्क  समिति कतारद्वारा आयोजित शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन हाल कतारको राजधानी दोहामा रहेका पुर्व मन्त्री लेखक र डा.इसा साद ए अल नैमी का  बीच प्रशासकीय बिकास , श्रम तथा सामाजिक मामिला मन्त्रालयमा भेटघाट भएको हो ।

भेटका अवसरमा पुर्व मन्त्री लेखकले लाखौको संख्यामा नेपालीहरुलाई रोजगारको अवसर दिएकोमा कतार सरकारलाई धन्यबाद दिए साथै सन २००८ मा आफू श्रम तथा रोजगार मन्त्री हुदा भएको द्विपक्षीय श्रम सम्झौताको प्रभावकारिता वारे जिज्ञासा् राखेका थिए ।

जबाफमा मन्त्री डा. इसा साद ए अल नैमीले सो सम्झौताले नेपाली कामदारहरुलाई कानुनी अधिकार प्रदान गरेको र सम्झौताले रोजगारदाता र कामदार दुबै पक्षलाई फाइदा पुर्याएको बताएका थिए।

भेटकै अवसरमा पुर्व मन्ती लेखकले बैदेशिक रोजगारीको क्रममा कतारमा रहेका नेपालीहरुले समयमा तलब नपाउने, सम्झौता अनुसार काम र  तलव नपाउने तथा  एकचोटीमा १००० रियल भन्दा बढी रकम नेपाल पठाउन नपाउने समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए।

प्रतिउत्तरमा मन्त्री डा. इसा साद ए अल नैमीले सो समस्या लगायत अन्य समस्या समाधानको लागि द्विदेशीय संयुक्त समिती निर्माण गरि आवस्यक ब्यवस्था मिलाउनुको साथै ब्यक्तिगत तवरले पनि समस्याहरुलाई गम्भीरताका साथ लिई समाधानको लागि  पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

भेटको क्रममा लेखक संगै कतारका लागि नेपाली राजदुत प्रा.डा. रमेश कोइराला लगायत दूतावासका उच्चा अधिकारी समेत  सहभागी थिए।

नेपाली जनसम्पर्क समिती कतारको निमन्त्रणामा यही जनवरी १९ तारिख कतार जानू भएका लेखकले त्यहा रहेका विभिन्न प्रबासी संघ संस्थाका प्रतिनिधि लगायत अन्य कुटनैतिक भेटघाट गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ