arrow

मिर्गौला उपचारमा आयुर्वेद उपयोगी, कसरी ? लौ पढ्नुस् 

logo
कालिका खड्का 
प्रकाशित २०७४ माघ ८ सोमबार
kidney-failure.jpeg

काठमाडौँ । मिर्गौला समस्याका कारण धेरै मानिसले आफ्नो अमूल्य जीवन गुमाउनु परेको छ । नयाँ अध्ययन र अनुसन्धानबाट आयुर्वेदीय उपचार पद्धति पनि मिर्गौला उपचारका लागि निकै उपयोगी हुने देखिएको छ । 

आयुर्वेदीय उपचार पद्धति अपनाएर स्वास्थलाभ लिएर पहिलेकै अवस्थामा खुशी जीवन बिताइरहेका मानिस पनि अहिले धेरै भेटिने गरेका छन् । 
कुलुङ–८ भोजपुर घर भई हाल अनामनगर बस्ने ५६ वर्षीय भीमादेवी चौहानलाई निकै असहज महसुश भयो । त्यसपछि उपचारका लागि क्यापिसल एण्ड रिसर्च अस्पताल लगियो । 

त्यहाँबाट ग्राण्डी अस्पतालमा जान भनियो । डाक्टरले उनको मिर्गौला निकै खराब भएकाले डायलासिस गर्नुपर्ने सल्लाह दिए । 

भीमादेवीले भनिन्, “डाक्टरले मिर्गौला काम गर्दैन, डायलासिस गर्नुपर्छ भनेको सुन्दा म झसङ्ग भए, तर मैले त्यहाँ डायलासिस गरिन, आयुर्वेदिक औषधि खाएँ ।” 

भीमादेवीलाई उनका ज्वाइँ मोहन घिमिरेले कुपण्डोल गुरुद्वार नजिकै रहेको श्री गणेश आयुर्वेदीय औषधालयमा लगे । 

वैद्यसँग परामर्श गरी औषधि खान शुरु गरिन् । शुरुमा उनको क्रिटिनाइन ६.३ थियो । उपचारपछि क्रमशः ५.३ हुँदै अहिले ३.४ सम्म आइपुगेको छ । औषधिको प्रयोगसँगै उनको स्वास्थ्य अवस्था सामान्य भएको छ । मानिसको शरीरमा क्रिटिनाइन १.४ सामान्य मानिन्छ । 

भीमादेवीको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उनी आफैले मजाले हिंडडुल गर्ने, खाना खाने गर्छिन् । उनले भनिन्, “जीवन सकिए जस्तो लागेको थियो तर वैद्यको औषधिले बचायो ।” उनले खुशी व्यक्त गरिन् । उनको अवस्था अस्पताल लैजाँदा निकै शिथिल भइसकेको थियो । 


भीमादेवीजस्तै निर्माण व्यवसायीका अध्यक्ष विष्णुभाइ श्रेष्ठलाई पनि आयुर्वेदिक औषधिले राम्रो सुधार भएको छ । उनले उपचार गर्न शुरु गरेको छ महिना भयो ।

 “आयुर्वेदिक औषधि खाएर अहिले ठीक भएको छ, वैद्यको सल्लाहअनुसार मैले खानेकुरामा ध्यान दिएको छु”, उनले सुनाए । उनको शुरुमा क्रिटिनाइन १.९ थियो । अहिले १.४ छ । उनले क्रिटिनाइन बढ्न शुरु गर्दा नै नियन्त्रण गरे । 

चितवन घर भई हाल स्वीचाटार बस्ने राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठलाई आयुर्वेदिक औषधिको प्रयोगले निकै राम्रो भएको छ । उनले भने, “हात गोडा सुनिएकोजस्तो भएको थियो, निकै डराएको थिए, औषधि खाए अहिले ठीक छ ।” उनको शुरुमा क्रिटिनाइन १.९ थियो । अहिले १.४ छ । हालसम्म ५०० भन्दा बढी मानिसले वैद्यको सेवाबाट लाभ लिएका छन् । 

वैद्य राउतले २०४५–४६ सालमा विश्व स्वास्थ्य सङ्गठनको सहायतामा १५ महिने आयुर्वेदीय तालीम लिएर निरन्तर खोज–अनुसन्धानमा लागिपरी मिर्गौला खराबी हुँदा क्रिटिनाइन बढ्न नदिन काम गरिरहेका छन् । उनको उपचार पद्धतिबाट क्रिटिनाइन भर्खर बढ्न शुरु भएकालाई दुई–चार महिनामा सामान्य हुन्छ । अत्यधिक बढेको छ भने केही समय लाग्न सक्छ । 

आयुर्वेदिक उपचार हेमोडायलासिस नगरेकाका लागि मात्र गरिन्छ । सस्तो र घरमै बसेर उपचार गर्न सकिन्छ । 

मासिक रु पाँच हजारको औषधि प्रयोग गरी वैद्यको सल्लाहअनुसार खान नहुने भनिएका खाना नखाएमा छिट्टै कम हुँदै जान्छ । 

गणेश आयुर्वेदीय औषधालय प्रालिका अध्यक्ष तथा वैद्य गणेशबहादुर राउतका अनुसार मिर्गौला खराबी प्रत्येकलाई फरक फरक कारणले हुन्छ । 

थाहा पाउनका लागि बिरामीको सूक्ष्म तरिकाले अध्ययन गर्नुपर्छ । मिर्गौला रोगका लक्षण पिसाब कम लाग्ने, पानी कमी, वाकवाकी लाग्ने र गोडा सुन्निने हुन्छ ।

“बिरामीले अनुशासित भएर आयुुर्वेद औषधि खायो भने उपचार पद्धति सहज छ, मैले बजारको आयुर्वेदभन्दा फरक तरिकाले आर्युवेदीय उपचार गर्ने गरेको छु”, वैद्य राउतले भने । 

पछिल्लो समयमा मिर्गौलाको समस्या अत्यधिक बढिरहेको छ । पाचन प्रक्रिया भनेको शरीरको मुख्य मेशिन हो । 

पाचन प्रक्रियामा दूषित चीजहरु जम्मा हुँदा मिर्गौलाले छान्ने काम गर्छ । छान्ने काममा क्रिटिनाइन भन्ने दूषित तत्वले असर गर्छ । त्यसपछि मिर्गौला समस्या हुन्छ । क्रिटिनाइन भन्ने दूषित तत्वलाई कम गर्न औषधि खानुपर्छ । 

“दश वर्षको अनुभवमा बिरामी अनुशासित भएर जीवन चलाउनलाई समस्या आएको छैन, बिरामी आत्तिएर भौँतारिन्छन्, तिनमा राम्रो भएको देखिँदैन अरूको राम्रो छ”, उनले बिरामी अनुशासित हुनुपर्ने जरुरी देख्छन् । 

वैद्य राउतका अनुसार १६ वर्षको उमेरको व्यक्ति र ८० वर्षको मानिसको मिर्गौलाको अवस्था एउटै हुँदैन । कतिपयले कुरा नबुझेर डायलासिस गरिरहेका छन् । घरखेत जान्छ । मानिसको जीवन पनि लामो समयसम्म रहँदैन । त्यसकारण पनि आयुर्वेदीय उपचार पद्धति नेपालमा जरुरी छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ