arrow

प्रदेश ५ को मुख्यमन्त्री बन्ने भएसंगै यसरी देखियो पोखरेलको दम्भ 

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
shankar-pokharel.JPG

बुटवल । प्रदेश नं ५ को मुख्य मन्त्री हुने पक्का भएसंगै नेकपा एमाले नेता शंकर पोखरेलको दम्भ सुरु भएको छ ।  नेकपा एमालेको प्रदेश नं ५ को संसदीय दलको नेतामा आइतबार चयन भएसंगै उनमा दम्भ देखिएको छ । 

त्यो दम्भ उनी मुख्य मन्त्री हुने भएर नभई उनले दिएका अभिव्यक्तिका कारण हो । 

प्रदेश सांसदको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै ५ नं प्रदेश कार्यालय बुटवलमा बसेको संसदीय दलको बैठकमा उनले ५ नं प्रदेश ऐतिहासिक हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको भन्दै भौतिक पूर्वाधारलेसमेत दाङ सम्पन्न भएकाले दाङमै राजधानी बनाउन अहम् भूमिका खेल्ने बताए । 

तर त्यहाँ एमालेका केन्द्रीय उपमहासचिव विष्णु पौडेल पनि थिए । पौडेलले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भएकामा पोखरेललाई बधाई दिँदै ५ नं प्रदेशको एकीकृत र योजनाबद्ध विकासमा आफ्नो पनि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । 

यो त सबैलाई देखाउँदा हुने औपचारिकता मात्रै थियो । त्यहीं सहभागी एक जना नेताले भने, ‘५ नं प्रदेशको तुस एमालेभित्र पस्यो अब द्धन्द्ध निम्तिन सक्छ, ५ नं प्रदेशको राजधानी बुटवल त भयो भयो ।’

स्थानीय नेता भएकैले तिनले सहजै बुटबललाई स्वीकारे । तर दाङका लागि लामो समय आन्दोलन गर्नेहरुले के सोचेका होलान् । 

पार्टी ठूलो कि आफ्नो माटो ? दाङबाट आएका एक नेताले सुनाए, ‘हाम्रो दाङमा इज्जत जान्छ भनेरै कमरेड पोखरेलले राजधानी दाङ भन्नुभएको हो तर मतदानै हुँदा पनि अब त सम्भव नै भएन ।’

एमाले र माओवादी केन्द्रबीचको जतिसुकै तालमेलले बुटवललाई उत्तम ठाउँ भनिरहेको छ । 

पोखरेलको दम्भ भने बुझिनसक्नु छ । उनले सरकारले गत बुधबार बुटवललाई अस्थायी राजधानी तोक्दा नै ‘अविवेकी’ शब्दको प्रयोग गरेका थिए । 

अब विवेक भएका कमरेड शंकर पोखरेलले के गर्ने हुन् कुर्नुको विकल्प के नै रह्यो र ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ