arrow

तीन वर्षे बृहत् राष्ट्रिय शिक्षा महाअभियान आरम्भ

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
education.JPG

काठमाडौं । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा तीन वर्षे बृहत् राष्ट्रिय शिक्षा महाअभियानको शुरुवात गरिएको छ ।

रिपोर्टर्स क्लबमा सिप्रदी ट्रेडिङ प्रालिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अभियन्ता घिमिरेले शिक्षामा सिप, संस्कार र प्रविधिको खाँचो रहेको भन्दै उक्त अभियान सञ्चालन गर्नुपरेको बताएका छन् ।  
बृहत राष्ट्रिय शिक्षा महाअभियानका अभियन्ता घिमिरेले महाअभियानका बारेमा स्पष्ट पार्दै नेपालको शैक्षिक पाठ्यक्रम ८० वर्ष पुरानो शैलीमा चलेकाले यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘हाम्रो देशको शिक्षानीति र पाठ्यक्रममा निक्कै कम्जोरीहरु छन्, वर्षभरी पढेका कुराहरुको बारेमा तीन घण्टामा उसको मूल्याङकन गरिने अव्यबहारिक परिक्षा प्राणाली छ, यसको परिवर्तन हुनुपर्छ, हामी शिक्षाको विषयमा कही न कही चुकिरहेका छौँ, अब हामीले यस अभियानमा स्वरोजगारतथा उद्य्यमशीलताका लागि स्कुल तहबाटै एक विद्यार्थी एक सीपको कार्यक्रम लागु गर्ने, प्रत्येक प्रदेशमा स्थानीय आवश्यकताअनुरुप पाठ्यक्रम निमार्ण गर्न सुझाव दिने, सार्वजनिक शिक्षामा व्यापक सुधार र परिवर्तन गर्ने पक्षमा उभ्याउने, विद्यार्थी प्रति अविभावकलाई जवाफदेही बनाउने, लगायतका कार्यहरु लिएर अघि बढ्दैछाैँ ।’

त्यस्तै कार्यक्रममा नेपाल–अमेरिका फ्रेन्डसीप सोसाईटीका अध्यक्ष एवम् वरिष्ठ शिक्षाविद् डा. नकुल बानियाँले शिक्षामा विशेषज्ञताको खाँचो औल्याएका छन् । उनले भने,‘हाम्रो शिक्षा नीतिमा धेरै प्रकारका असजता छन्, यस अभियानले केही राहत हुनेछ, हामी पनि यस्ता क्रियाकलापको नजिकै छौँ, हाम्रो यस अभियानलाई पूर्ण साथ छ ।’

शिक्षाविद् डा. महाश्रम शर्माले शिक्षामा आमुल परिर्वतन ल्याउनको लागि दुष्ट्रिकोणमा परिर्वतन ल्याउनुपर्ने बताएका छन् ।उनले भने,‘हामीले शिक्षामा आमुल परिर्वतनका कुरा गरेका छौँ,यसलाई साँच्च व्यबहारमा उर्तानको लागि हर व्यक्तिको दुष्टिकोणमा परिर्वतन हुनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ