arrow

झुक्किएर पनि नगर्नुस् आत्महत्या, मरेपछि झनै पाउनुहुनेछ दुख

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
sucide-men.jpg

काठमाडौं । हरेक धर्ममा आत्महत्यालार्इ महापापको रुपमा लिने गरिन्छ । एक व्यक्ति आत्महत्या त्यतिबेला गर्छ । जतिबेला उ हर प्रकारले निराश हुनजान्छ । अथवा उ आफ्नो दिक्दार जिन्दगी भारी पर्न थाल्छ त्यसपछि नै मान्छे आत्महत्याको बाटो अपनाउँछ। आत्महत्या गर्ने बढी भन्दा बढी व्यक्ति आफ्नो वर्तमान जीवनको हर समस्यासँग हार मानिसकेका हुन्छन् । आत्महत्या गर्नेहरुले जिउनुको कुनै आधार नदेखेर त्यसको एउटै मुक्तिको बाटो जीवन त्याग गर्नुमा नै देखेपछि उ आत्महत्याको बाटोमा जान्छ ।

तर सोचौं,कसैले आत्महत्या गरेपछि के हुन्छ ? शास्त्रका अनुसार आत्महत्या गर्नेहरु मृत्युपछि पनि दुख, निराशा तथा हताशाले भरिएको ठाउँमा नै पुग्नेछन् । यहाँको समस्यालार्इ चिर्न नसक्नेले आत्महत्या गरेपछि पनि आफ्नो समस्यालार्इ चिर्न नसक्ने शास्त्रमा उल्लेख गरिएको छ ।

हामी सूर्यलार्इ चर अचर समस्त प्राणीको आत्माको रुपमा स्वीकार गरिएको छ । यो हिन्दू धर्ममा मात्रै नभएर सबै खालका धर्महरुले स्वीकारेको कुरा हो । सबै धर्मले मरेपछि आत्महत्या गर्ने मानिसहरु सूर्यको शरणमा पुग्ने विश्वास गर्छन् । वैदिक ग्रन्थमा आत्मघाती मनुष्यको बारेमा यस्तो लेखेको छ । 

असूर्या नाम ते लोका अन्धेन तमसावृता |
तास्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः ||

अर्थात “आत्मघाती मनुष्य मृत्युपछि अज्ञान तथा अन्धकारबाट परिपूर्ण, सूर्यको प्रकाशबाट हीन, असूर्य नामक लोकमा जानेछ” | सर्वसामान्य मानिस यसबाट अन्दाज लगाउन सकिन्छ कि जुन समस्यालार्इ लिएर कुनैपनि मनुष्य आत्महत्या गर्दछ त्यो समस्याको हल कहिलैपनि हुन सक्दैन । बरु स्वभाविक मृत्युमा त्यो समस्याको हल हुन सक्छ । 

तर, आत्महत्यापछि यो अन्तहीन समस्याको सामना सधैंभरी गर्नु पर्छ किनकी यो एक नयाँ जीवन हुन्छ । आत्महत्या गर्नेहरुको जीवन समस्याले भरिएको अन्तहीन जीवन हो भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । त्यसैले जीवनमा अरु जे जस्तो गरेपनि आत्महत्या गर्ने सोचार्इ राख्नु सबैभन्दा मूर्ख्याइँ रहेको शास्त्रमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ