- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काँग्रेसले प्रदेश ४ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । मंगलवार बसेको बैठकले प्रदेश ४ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ ।
बैठकले प्रदेश ४ बाट सुरेन्द्र पाण्डे (खुला), बृन्दा आले ( महिला), जीतबहादुर नेपाली (दलित),
प्रकाश पन्त (अपांग/अल्पसंख्यक) उम्मेदवार रहने निर्णय गरेको हो । अन्य प्रदेशका उम्मेदवार टुंगो लगाउनेबारे छनफल जारी रहेको बैठकमा सहभागि नेताहरुले बताएका छन् ।
सोमवार कांग्रेस पार्टी बैठकले प्रदेश ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट ( महिला), छत्रराज जोशी (अपाङ्ग) र सेरीराम पार्की (दलित) उम्मेदवार रहने निर्णय गरेको थियो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार दलित, अपाङ्ग वा अल्पसंख्यक संख्यकमा बहुमतीय र तीन महिला सदस्य र अन्य अर्थात् खुलामा एकल संक्रमणीय मत प्रणाली अपनाउने उल्लेख छ । जसले राष्ट्रिय सभामा काँग्रेसको पनि केही सिट सुरक्षित हुने भएको छ ।