arrow

विद्यालयको स्वर्णमहोत्सवले गाउँ चिनाउँदै

सर्वोदय स्वर्णमहोत्सवको तयारी पुरा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ माघ ९ मंगलबार
school.jpg

स्याङ्जा ।  स्याङ्जा सदरमुकामबाट उत्तर तर्फ पर्ने अर्जुनचौपारी गाँउपालिका ५ स्थित सर्वोदय माध्यमिक विद्यालयले ५० औं स्थापना दिवको अवसरमा स्वर्णमहोत्सव आयोजना गरेको छ । गाँउपालिकाको आरुचौर तालपोखरी स्थित रहेको विद्यालयले माघ ८ गते देखि शुरु गरिएको १४ गते सम्म विविध कार्यक्रम गरी विद्यालयको स्वर्णमहोत्सव सम्पन्न हुने छ । २०२४ साल माघ १४ गतेका दिन स्थापना गरिएको विद्यालयले आयोजना गर्न लागेको स्वर्णमहोत्सवमा वडा भित्र स्वास्थ्य, साँस्कृतिक, खेलकुद, हाजिरीजवाफ लगायतका कार्यक्रम हरु गर्ने छ ।

वडा भित्र लुकेका साँस्कृतिक, खेलकुद र हाजिरीजवाफ प्रतियोगिता मार्फत बाहिर ल्याउन यो स्वर्णमहोत्सवले मुख्य भुमिका खेल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ख्यामनारायण खनालले जानकारी दिए । स्वणमहोत्सवको पहिलो दिन वडास्तरीय सरसफाई अभियान गरि शुरुवात गरिने खनालले बताए । सरसफाई अभियानमा वडाका सबै नागरिकलाई सक्रिय भुमिका खेल्न आग्रह गरिएको छ । तत्कालिन साविकका ४ गाविस र पर्वत जिल्लाका आधा दर्जन गाविसका विद्यार्थीलाई शैक्षिक भुमिका खेलेको विद्यालयले ५० औं स्वर्णमहोत्सव मनाउदा खुशी लागेको स्थानीयहरु बताउछन् ।

विद्यालय पढ्नका लागि निकै कठिन घडीमा यो विद्यालय स्थापना भएको थियो । ठाँउ ठाँउमा स्कुल नहुदा शिक्षणका लागि निकै टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गरेर तत्कालिन अभिभावकहरुले विद्यालय संचालन गरिएको आज पनि स्मरण भएको विद्यालयका प्रअ लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिए । एक हप्ता सम्म आयोजना हुने कार्यक्रमले सिंगो गाँउलाई राष्ट्रिय स्तरमा चिनाउन पनि यो विद्यालयले भुमिका खेल्नेमा प्रधानाध्यापक सापकोटाले दावी गरेका छन् ।

सापकोटाका अनुसार ९ गते पयदयात्रा गरी प्रचारप्रसार, १० गते खेलकुद प्रतियोगिता, ११ गते क्षेत्रिय मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता, १२ गते साविकको आरुचौर गाविसका वडा स्तरीय भजन प्रतियोगिता, १३ गते भुपू विद्यार्थीहरुको पुर्नमिलन कार्यक्रम गरी १४ गते उदघाटन कार्यक्रम सहित समापन गर्ने योजना सहित तालिका बनेको छ । कार्यक्रमको नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रमलाई सफल बनाउन १ सय ५८ मुल आयोजक समिति समेत गठन गरि सबै उपसमितिहरु मार्फत तयारी पुरा गरिएको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक बद्री पौडेलले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ