arrow

प्रदेश ७ मा २२९ जना सांसदले मतदान गर्न पाउने

logo
गणेश मौनी,
प्रकाशित २०७४ माघ ९ मंगलबार

डोटी ।   २४ गते बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ७ मा २ सय २९ जना सांसदहरुले मतदान गर्न पाउने भएका छन् ।  निर्वाचनको कार्यक्रम अनुसार मंगलवार मतदाताहरुको अन्तिम नामावलि प्रकाशन गरिएको छ । बेलुका ५ बजे प्रकाशन गरेको उक्त मतदाता नामावलिमा २सय २९ जनाको नाम रहेको छ ।

कार्यतालिका अनुसार बुधवार डोटीमा पनि उम्मेद्वारहरुको मनोनयन दर्ता गरीने भएको हो । मनोनयन दर्ताका लागि सम्पुर्ण तयारी पुरा भैसकेको जिल्ला अदालत डोटीका न्यायधीस एवं मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए । बुधवार बिहान १० बजे देखि अप्रान्ह ४ बजे सम्म मनोनय दर्ता गरीने र त्यसपछी साझ ५ बजे मनोयनमा नाम दर्ता गराएका उम्मेद्वारहरुको नाम सार्बजनिक गरीने समेत अधिकृत पनेरुले जानकारी दिए ।

 निर्वाचनको कार्यक्रम अन्र्तगत भोलि १० गते मनोनय दर्ता भएर उम्मेद्वारहरुको नामावलि प्रकासन भएसंगै ११ र १२ गते दाबि बिरोधको कार्यक्रम हुने उनले जानकारी दिए । १४ गते उम्मेद्वारहरुको अन्तिम नामावली प्रकासन गरीए संगै १५ गते निर्वाचन चिन्ह प्रदान गरीने कार्यक्रम रहेको छ ।

 निर्वाचन अधिकृत पनेरुले आजै ५३ जना प्रदेस सांसदहरुको नाम मतदाता नामावलीमा रहेको छ भने १७६ जना स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको नाम अन्तिम मतदाता नामावलीमा सार्बजनिक गरीएको छ । यसका साथै माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि तिब्र तयारी भैरहेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो । उहाले मतदानका लागि २ ओटा मतदान केन्द्र बनाइने पनि जानकारी दिए ।

 जिल्ला सदरमुकाम सिलगढी स्थित पद्म पब्लिक मुक्ति नारायण बिद्यालयको मतदानस्थल निर्वाचनका लागि प्रयोग गरीने पनि मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ