arrow

पशुसेवा केन्द्र बन्द

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
पशुसेवा-केन्द्र-बन्द.jpg.jpeg
जाजरकोट । दुई दुर्गम स्थानमा रहेका पशुसेवा केन्द्रमा कर्मचारी नहुँदा समस्या भएको छ । जिल्लाको कोताङ र गर्खाकोट पशुसेवा केन्द्र कर्मचारीको अभावमा सेवा प्रवाह कार्य रोकिएको छ । 
 
गत साउनमा ती केन्द्रमा कार्यरत पशु स्वास्थ्य प्राविधिक सरुवा भएपछि अहिलेसम्म पद पूर्ति नहुँदा सेवा प्रवाहमा समस्या परेको पशु विकास अधिकृत कपिलप्रसाद उपाध्यायले बताउनुभयो । झन्डै सात महिनादेखि खाली भएका ती केन्द्रमा दैनिक किसान सेवा लिन आए पनि रित्तो हात फर्कने गरेको गर्खाकोटका रामबहादुर सिंहले बताए ।
 
जिल्ला कार्यालयले कहिलेकाहीँ बाहिरको कर्मचारी पठाएर सेवा प्रवाह गर्ने गरेको छ । पशुचौपायालाई विभिन्न खालका रोग लागे पनि सेवा केन्द्रमा कर्मचारी नहुँदा यहाँका किसान मर्कामा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ