- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरुमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा नेपाल गन्तव्य कार्यक्रम आयोजना गरियो ।
त्यस अवसरमा महावाणिज्यदूत मधुकुमार मरासिनीले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेका बताउँदै विश्वको आर्थिक राजधानीका रुपमा रहेको न्युयोर्क महानगरका पर्यटन उद्यमी व्यवसायीले नेपालको पर्यटन, प्रवद्र्धनमा सघाउनुपर्ने बताए ।
नेपाली वाणिज्य दूतावासका अनुसार पर्यटन–प्रवद्र्धनसम्बन्धी नेपाली तथा अमेरिकी व्यवसायीले नेपालमा साहसिक पर्यटन, धार्मिक पर्यटनका अतिरिक्त नेपाली खानालाई समेत पर्यटनको आकर्षणका रुपमा समेत प्रस्तुत गर्न सकिने बताएका थिए ।
उनीहरुले अमेरिकाका सञ्चारमाध्यममा प्रचार–प्रसार गर्न सके नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न सक्ने बताएका थिए । रासस