arrow

बेलायतमा बसन्त पंचमीको यो उल्लास, राष्ट्रिय गानले तात्यो नेपालीपन 

logo
प्रकाशित २०७४ माघ १० बुधबार
saraswati-puja-reading.jpg

रेडिङ । बेलायतमा बसन्त पंचमी उल्लासपुर्वक नेपालीले मनाएका छन् । ग्रेटर रेडिङ नेपाली समाजले बसन्त पंचमीका दिन रेडिङमा सरस्वती पूजाको आयोजना गर्यो । 

स्थानीय एक सभाकक्षमा व्यवस्था गरिएको उक्त पूजा आराधना कार्यक्रममा स्थानीय नेपालीहरुको उल्लेख्य उपस्थिति थियो । समाजका महासचिब ओमकार अधिकारीले औपचारिक स्वागत गरेको कार्यक्रममा पण्डित केदार रिमालले सरस्वती महिमाका बारेमा प्रस्ट्याउँदै पूजाको शुभारम्भ गरेका थिए । 

त्यसपछि बालिकाद्वय आध्या भट्टराई र केनिशा गौतमले सरस्वती बन्दना पाठ गर्नुका साथै नेपाली राष्ट्रिय गान पनि गाए ।

उल्लेख्य संख्यामा उपस्थित भएका बालबालिका लगायात सम्पूर्ण भक्तालुले हर्षोल्लाशका साथ सरस्वती माताको फोटोमा फूलमाला, नैबेद र फलफूल चढाई पूजा आराधना गरे ।

बालबालिकाको बहुपक्षीय बिकासमा ध्यान दिदै संचालन गरिएको म्युजिकल चेयर खेलका बिजयी हरुलाई समाजका संस्थापक अध्यक्ष डा चन्द्र बहादुर गुरुङ र अर्का भूपू अधक्ष अर्जुन बस्नेत लगायतले पुरस्कार वितरण गरे । 

खेलमा प्रथम हुने शिवश्री रिमाल र रिया पण्डित तथा दोश्रो हुने कृपा खड्का र प्रियाम्सु रेग्मी रहेका थिए । 

pooja



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ