arrow

वालिङ नगर सभापतिमा खाँण निर्विरोध, तीन नगरपालिकामा सहमतिको प्रयास

logo
श्रीकृष्ण सिग्देल।
प्रकाशित २०७२ माघ १५ शुक्रबार
dilip-khad.jpg.jpeg
स्याङ्जा। नेपाली काँग्रेसको १३ औं महाधिवेसनका लागि स्याङ्जाका चार नगरपालिकामा सभापति, सचिव, कोषाध्यक्ष, सदस्य र क्षेत्रिय प्रतिनिधिहरुका लागि मनोनयन दर्ता भएका छन्। विहिवार तीन नगरपालिकामा मनोनयन दर्ता भएपनि चापकोट नगरपालिकामा भने विहानै मात्र उमेदवारी दर्ता हुने क्रम जारी रहेको बताइएको छ।  पुतलीबजार, भिरकोट, वालिङ र चापकोट नगरपालिकामा अहिले काँग्रेसको चहलपहल शुरु भएको छ भने ५३ ओटा गाँउ विकास समिति र नगरका वडाहरुमा पनि निर्वाचनको प्रक्रिया शुरु भएको निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए।
 
अहिले सम्म वालिङ नगरपालिकामा सहमतिका आधारमा बहाल रहेका नगर सभापति दिलिपप्रताप खाँण पुन नगर सभापतिमा निर्वाचित भएका छन्। नगर सभापतिमा नेत्रप्रसाद पाण्डे र खाँणको उमेदवारी दर्ता भएको थियो। दुवै उमेदवार विच सहमति भएपछि खाँण नगर सभापतिमा निर्वाचित भएको नगर निर्वाचन अधिकृत दिपक लम्सालले जानकारी दिए। यसै गरी सचिवमा पनि दुई जनाको उमेदवारी परेपछि गोला प्रथाबाट भुपराज वगाले निर्वाचित भएका छन्। कोषाध्यक्षमा भने टिकाराम डुम्रेको मात्रै उमेदवारी दर्ता भएकाले निरविरोध हुन पुगेका छ। क्षेत्रिय प्रतिनिधि जनजातीबाट ल्या.यामबहादुर गुरुङ, अमरलाल कर्माचार्य र चेतनारायण श्रेष्ठ निर्वाचित भएका छन् भने अपाङ्ग, अल्पसंख्यकबाट हिमनिधि पंगेनी, मोहमद अलि बरासी र भेषराज रेग्मी निर्वाचित भएका छन्। 
 
दलितबाट लिलबहादुर रनपाल, खगेन्द्र विक र विष्णु विक निर्वाचित भएको निर्वाचन अधिकृतले जानकारी दिए। नगर सदस्यमा २१ जनाको उमेदवारी परेपछि काँग्रेसको नेतृत्वदायी व्यक्तिहरु बसेर टुङ्गाएको खवर प्राप्त भएको छ। यसैगरि पुतलीबजार नगरपालिकामा पनि दुई जनाको नगर सभापतिमा उमेदवारी परेको छ। जसमा बहाल रहेका नगर सभापति बेदप्रसाद दोरङ्गा र सुरज अधिकारी रहेका छन्। सचिवमा ५ जना र कोषाध्यक्षमा ३ जनाको उमेदवारी परेको बताइएको छ। अहिलेसम्म पुतलीबजार नगरपालिकामा सहमतिको प्रयास भइरहेको छ भने ८ जना नगर सदस्यहरु भने निर्विरोध निर्वाचित भइसकेका छन्। यता नयाँ नगरपालिका भिरकोटमा ५ जनाको नगर सभापतिमा उमेदवारी परेको छ। नगर सभापतिका लागि तोयनाथ अर्याल, गोविन्द कर्माचार्य, खेम केसी, मेघबहादुर खड्का र दिपेन्द्र केसीले उमेदवारी दर्ता गराएका छन्। कर्माचार्य, खड्का र केसीले सहमति पछि उमेदवारी फिर्ता लिन सक्ने बताइएको छ भने अर्याल र केसीबीच निर्वाचन हुन सक्ने बताइएको छ। अहिलेसम्म पनि सहमतिको प्रयास जारी रहेको निर्वाचन कार्यालय भिरकोटले जनाएको छ। 
 
चापकोट नगरपालिकामा भने विहानदेखि मात्रै मनोनयन गर्ने कार्य भएको बताइएको छ। चापकोट नगर सभापतिका लागि हाल संयोजक रहेका रामचन्द्र पंगेनी, टुकराज पाठक र रामचन्द्र भट्टराइले मनोनयन गरेका छन्। पाठक र भट्टराईले पंगेनीलाई नै सहमतिबाट छोड्न सक्ने संकेत देखा परेकाले पुन नगर सभापतिमा रामचन्द्र पंगेनी हुन सक्ने आकलन गरिएको छ। त्यसैगरि सचिवमा ५ जनाको उमेदवारी परेको छ भने कोषाध्यक्षमा अहिलेसम्म पनि उमेदवारी नपरेको निर्वाचन अधिकृत श्रीधर न्यौपानेले जानकारी दिए। जिल्लाका अधिकांश गाँउ र वडामा निर्वाचन हुन सक्ने संकेत देखा परेको बताइएको छ। पद संख्या थोरै र उमेदवारी दिने आकांक्षी धेरै भएकाले निर्वाचन हुने अवस्था पैदा भएको छ। चार नगरपालिकाबाट शुरु भएको निर्वाचनमा वालिङ नगरपालिकाले सबै पद टुङगाएको छ भने अन्य तीन नगरपालिकामा सहमतिको प्रयास भइरहेकाले आज बेलुका सम्म परिणाम आउन सक्ने बताइएको छ। अहिले गाँउ र वडाहरुको निर्वाचन प्रक्रिया शुरु हुन थालेका छन् । सबै नेता तथा कार्यकर्ताहरु गाँउ र वडामा चुनावी मैदानमा रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ