arrow

'सरकार छाड्ने कुरा सडक हल्ला मात्र'

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
Shakti-Basnet.jpg.jpeg
सुरुङ्गा(झापा)। गृहमन्त्री शक्तिबहादुर बस्नेतले शान्ति, समृद्धि र सुशासनयुक्त समाज निर्माण गर्नु नै सरकारको पहिलो काम भएको बताउनुभएको छ । 
 
झापाको बिर्तामोडमा क्रान्तिकारी पत्रकार सङ्घले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बस्नेतले मुलुकमा शान्ति, समृद्धि र सुशासन नभई देशको विकास नहुने हुँदा सरकार अहिले त्यही विषयमा केन्द्रित छ, भन्नुभयो । 
 
बितेको तीन महिना सरकार कामको तयारीमा लागेकाले अब परिणाम देखिने र अनुभूति हुने गरी सरकारले काम गर्ने गृहमन्त्री बस्नेतले बताउनुभयोे । 
 
एक फरक प्रसङ्गमा संविधानको संशोधनबाट मधेसी मोर्चाको माग मूलरुपमा सम्बोधन भइसकेकाले अब आन्दोलनको जरुरी नरहेको उहाँको भनाइ छ । मधेसी मोर्चाले उठाएको सीमाङ्कनको विषय राजनीतिक संयन्त्रमा हुने छलफलबाट टुङ्ग्याइने उहाँले बताउनुभयो । राजनीतिक संयन्त्रले निकालेको निष्कर्षलाई संवैधानिक मान्यता दिई संवैधानिक व्यवस्थामार्फत सीमाङ्कनको विषय टुङ्गिने उहाँको भनाइ थियो । 
 
गृहमन्त्री बस्नेतले संविधानले सबैको भावना समेटेको र पछि उठ्ने आवाज समेट्नका लागि पनि संविधानमै समयानुकूल संशोधनको व्यवस्था गरिएकाले अब मुलुकमा कसैले हतियार उठाउनु र आन्दोलन गर्नु आवश्यक नरहेको बताउनुभयो । 
 
केही दिनमै नाका पूर्णरुपमा खुलेर आपूर्ति व्यवस्था सहज हुनुका साथै अहिले देखिएको कालोबजारी र तस्करीको अवस्था अन्त्य हुने उहाँको कथन थियो । 
 
एकीकृत नेकपा (माओवादी)का नेतासमेत रहनुभएका गृहमन्त्री बस्नेतले पत्रकारको जिज्ञासामा आफ्नो पार्टीले सरकार छाड्ने भन्ने कुरा सडक हल्लामात्र भएको बरु सरकारलाई प्रभावकारी बनाउन लागिपरेको बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ