arrow

बिमान बंगलादेश एयरलाईन्सका मजदुरको तलवमा ५० प्रतिशत वृद्धि

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
biman-bangaladesh-airlines.jpg.jpeg
काठमाडौँ। विमान बंगलादेश एयरलाइन्समा २५ वर्षदेखि व्यवस्थापन पक्षले गर्दै आएको श्रमशोषण अन्त्य भएको छ। व्यवस्थापनले तत्काल त्यहाँ कार्यरत मजदुर कर्मचारीको तलब, भत्तामा ५० प्रतिशतले वृद्धि गर्ने सहमति गरेपछि २५ वर्षदेखिको श्रमशोषण अन्त्य भएको हो। एयरलाइन्स ब्यबस्थापन र कर्मचारीबीच लामो समयको वार्तापछि तलव, भत्ता वृद्धि गर्ने सहमति भएको हो। अन्य माग भने आजैका मितिदेखि लागु हुनेगरि ६ महिनाभित्र पूरा गर्ने सहमति भएको छ। कर्मचारीले तलब वृद्धि लगायत ६ सुत्रीय मागपत्र राखी एक महिनादेखि आन्दोलन गर्दै आएका थिए। 
 
यसअघि एयरलाईन्समा २५ वर्षदेखि निरन्तर काम गर्दै आएका श्रमिक कर्मचारीले मासिक ८, ५०० रुपैंया पारिश्रमिक लिंदै आएका थिए। कर्मचारी मजदुरहरुले वेतनवृद्धि, ग्रेडको ब्यबस्था, बोनस सहित श्रम ऐन अनुसार बिदाको व्यवस्था, स्थाइ गराइनुपर्ने, संचय कोष र उपदानको ब्यवस्था, बिदा जगेडाको रकम उपलब्ध गराउनु पर्ने, वार्षिक दुई जोर पोशाक उपलब्ध गराईनुपर्ने, दुर्घटना बिमा, मेडिकल बिमा र सामाजिक सुरक्षाको ब्यवस्था सहित माग पत्र पेश गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ