arrow

बिरामीलाई कम्मल तथा फलफूल 

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
falful-bitaran.jpg

बाजुरा । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार गरिरहेका बिरामीहरुलाई कम्मल तथा फलफूल वितरण गरिएको छ । जेवि मिडिया प्रा लि बाजुराको आयोजनामा कम्मल तथा फलफूल वितरण गरिएको हो । 

संस्थाको दोस्रो स्थापना दिवसको अवसरमा आम्दानीको केही प्रतिशत रकमलाई सामाजिक उत्तरदायित्व बहनका लागि जिल्ला स्वास्थ्य कार्यालयका बेडमा रहेका बिरामीहरुलाई कम्मल तथा फलफूल वितरण गरिएको जेवि मिडिया प्रा लि का अध्यक्ष अमर खड्काले बताए । 

चिसो मौसमलाई मध्यनजर गदै संस्थाको बार्षिक आम्दानीको केही अंश सामाजिक क्षेत्रमा लगानी गर्ने प्रण गरे बमोजिम रकम सदुपयोग गरी बिरामीहरुलाई कम्मल वितरण गरिएको उनले बताए । 

करिव १० वटा कम्मल उपचारमा रहेका बिरामीहरुलाई वितरण गरिएको छ । कम्मल वितरण गदै निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले मनकारी कार्य गरेको प्रति धन्यवाद दिए । 

उनले यस्तै सामाजिक कार्य सबैले गरे समाज परिवर्तन हुने विश्वास व्यक्त गरे । उनले यस्तै स–सानो कार्यले बिरामीहरुलाई न्यानो महसुस हुने बताए । 

सरकारी संघ संस्थाहरुलाई समेत जेवि मिडिया प्रा लि ले प्रभाव पारेको बताए । उनले सहयोग गरेका सामग्रीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कर्मचारीहरुले सुरक्षित गरेर राख्न समेत निर्देशन दिए । 

साथै जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले मौसम अनुकुल कम्मल वितरण गरेकोले बिरामीहरुलाई राहत हुने विश्वास व्यक्त गरे । 

उनले यस्तो कामले बिरामीहरु समेत हर्षित हुने बताए । 

उनले यस्तै कार्य सबैलाई सिकाई समेत हुने बताए । उनले अति सराहनीय काम गरेको प्रति धन्यवाद व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ