सुन्तलीले अर्कैलाई आई लभ यु भनेपछि धुर्मुसले के गरे ?
प्रकाशित २०७२ माघ १५ शुक्रबार
1.6k
Shares
काठमाडौं। सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे रिलको मात्र होइनन् रियल लाइफका पनि जोडी हुन्। हाँस्य कलाकारको यो जोडी सामाजिक काममा होस् वा हाँस्य कार्यक्रममा सँग सँगै नै देखिन्छन्। तर, सुन्तलीले क्युट मोडल तथा नायक पल शाहलाई आई लभ यु भनेपछि उनी सुन्तलीलाई पलबाट फुत्काउनै गएका छन्। यद्यपी यो गीतको सिक्वेन्स हो। दिनेश थपलियाको गिती एल्बम सारांश २ मा समावेश भएको आई लभ यु बोलको गीतमा सुन्तली र पल एक साथ देखिएका हुन्।
सिन्धुलीको विपी राजमार्ग वरपर खिचिएको उक्त गीतको भिडियोमा सिताराम कट्टेल (धुर्मुस) पनि देखिएका छन्। निकै रमाइलो र रोचक भिडियो बनेको यस गीतमा इन्दिरा जोशी र सरोज ओलीको स्वर छ । बसन्त सापकोटाको संगीत रहेको गीतको कारियोग्राफि कविराज गहतराजले गरेका हुन् । गीतको छाँयाकन सञ्जय लामाले गरेका हुन भने सम्पादन अर्जुन पोख्रेलले गरेका छन् ।