arrow

हृदयाघातका कारण वडा सदस्यको मृत्यु

logo
प्रकाशित २०७४ माघ १२ शुक्रबार
Kapilvastui-hamrakura.jpg.jpeg

जितपुर । हृदयाघातका कारण कपिलवस्तुमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ । 

वडा नं ६ बर्मेलीटोल निवासी ५२ वर्षीय खनाललाई हृदयाघात भएपछि तौलिहवा अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । 

मृतक खनालका दुई श्रीमती, एक छोरी र दुई छोरा छन् । उनको शुक्रबार रामघाटमा दाहसंस्कार हुने एमालेका जिल्ला सदस्य युवराज पोख्रेलले जानकारी दिए । 

खनालको निधनप्रति एमाले कपिलवस्तुले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष झविलाल पोख्रेलद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरिएको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ