arrow

यू–१९ विश्वकप : इङ्गल्याण्ड ६१ रनले विजयी, वेष्टइन्डिज स्तब्ध

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
cricket-u-19-worldcup-new.jpg.jpeg
एजेन्सी । बङ्गलादेशमा जारी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा इङ्गल्याण्डले  वेस्टइन्डिजलाई ६१ रनले पराजि गरेको छ । टस जितेर पहिले व्याटिङ्ग रोजेको इङ्गल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनायो । उसका लागि कल्यम टेलरले सर्वाधिक ५९ रन बनाए । अर्का व्याट्सनम्यान डेन लवरेन्सले ५५ रनको योगदान गर । वेस्टइन्डिजको फितलो बलिङ्गबीच गिडरोन पोपले २ विकेट झारे । 
 
२ सय ८३ रनको चुनौती पछ्याउँदै मैदान उत्रिएको वेस्टइन्डिजका गिडरोन पोप र किमो पलले क्रमशः ६० तथा ६५ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक स्कोर बनाउन नसक्दा टोली ४३ दशमलव ४ ओभरमा अलआउट हुँदै २ सय २१ रनमै समेटियो । चमत्कारिक बलिङ गर्नेक्रममा इङ्गल्याण्डका शकिव मोहमुदले ४ विकेट लिए । यस्तै, अन्य खेलमा नामिवियाले स्कटल्याण्डलाई ९ विकेटले पराजित गर्दा कम्जोर फिजी जिम्वाबेसंग ७ विकेटले स्तब्ध भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ