arrow

पार्टीप्रति भन्दा व्यक्तिगत रुपमा वफादार कार्यकर्ता काँग्रेसको प्रमुख समस्याः सर्वेक्षण

सर्वेक्षण भन्छ ' दलहरुको प्रमुख प्राथमिकता के हुनुपर्छ '

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
13th-congress.png.png.png
काठमाडौं। देशको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको महाधिवेशन नजिकिंदै जाँदा अबको नेतृत्व कस्तो होला? केन्द्र, जिल्ला, क्षेत्रमा कस्तो नेतृत्व आउला भन्ने कौतुहलता नेपाली जनमानसमा छाएको छ। चरम भ्रष्टाचार, राजनैतिक नैतिकताको समस्याबाट देश गुज्रि रहेको समयमा सबैभन्दा ठूलो पार्टीको महाधिवेशनले स्वच्छ र काम गर्न सक्नेहरुलाई पार्टीको उप्पलो स्थानमा पुर्‍याउने छन् भन्ने आश धेरैले गरेका छन्। काँग्रेस कार्यकर्ताको बीचमा पनि यहि चर्चा परिचर्चा शुरु भएको छ। 
 
काँग्रेसभित्रको आन्तरिक राजनीति र काँग्रेसमा रहेको समस्या बारे हालै एउटा सर्वेक्षण गरिएको छ। उक्त सर्वेक्षणमा पार्टीको समस्याको बारेमा अध्ययन गरिएको छ। अध्ययनमा सहभागिहरुले पार्टीको प्रमुख समस्या के हो भन्ने बारेमा बताएका छन्। सहभागिहरुले पार्टीप्रति वफादार भन्दा पनि व्यक्तिगत रुपमा वफादार कार्यकर्ता बनाउने कार्य र गुटबन्दीलाई सबै भन्दा ठुलो समस्याको रुपमा बताएका छन्। देशका सबै सातैवटा प्रदेशका १३५३ जना पार्टीका महाधिवेशन प्रतिनिधी जिल्ला तह र गाउँ तहसम्मका कार्यकर्ताहरुसँग गरिएको सर्वेक्षणमा ९२६ जनाले व्यक्तिगत कार्यकर्ता र गुटबन्दी पार्टीमा प्रमुख समस्या भएको बताएका थिए। अध्ययनमा सहभागि मध्ये २२२ जनाले अनुशासनको कमीलाई काँग्रेसको समस्याका रुपमा देखेका छन्। सहभागि मध्ये १०८ जनाले पारदर्शिताको कमीलाई मुल समस्याको रुपमा बताएका छन्।  
 
सातैवटा प्रदेशका १३५३ जना पार्टीका महाधिवेशन प्रतिनिधी जिल्ला तह र गाउँ तहसम्मका कार्यकर्ताहरुसँग गरिएको सर्वेक्षणमा ९२६ जनाले व्यक्तिगत कार्यकर्ता र गुटबन्दी पार्टीमा प्रमुख समस्या भएको बताएका थिए। 
 
नेपालका २३ जिल्लामा गरिएको सर्वेक्षणमा नयाँ संविधानले कल्पना गरेको संघीय सिमाना अन्तर्गत सात वटै प्रदेशका सहभागिहरुसँग प्रश्नावली राखेर जवाफ लिइएको थियो। संविधान निर्माण पछि प्रगतिको सपना देखेका आम जनताले ५ महिनामा झन निराशा भोग्नु परेको परिस्थितिमा हुन लागेको काँग्रेसको महाधिवेशनको सन्दर्भमा नेपालका राजनैतिक दलका बारे पनि प्रश्न गरिएको थियो। उक्त सर्वेक्षणमा दलहरुले बिकासलाई प्राथमिकतामा राख्नु पर्ने भन्नेहरुको बाहुल्यता रहेको थियो। 
 
सर्वेक्षणमा नेपाली राजनैतिक दलहरुको प्रमुख प्राथमिकता के हुनुपर्छ भन्ने प्रश्नमा ३०.२% (४०९)ले बिकास भनेका थिए भने २८.९% (३९१)ले राष्ट्रियतालाई प्राथमिकतामा राख्नु पर्ने बताएका थिए। संविधान संस्थागत प्रक्रियालाई २८.१ % (३८०)ले प्राथमिकतामा राख्नु पर्ने बताए भने भ्रष्टाचार निवारणलाई १२.८% (१७३)ले प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। सबैभन्दा ठूलो दलको महाधिवेशनको पुर्वसन्ध्यामा गरिएको सर्वेक्षणले उक्त पार्टीलाई आफ्नो योजना बनाउन सहयोग हुने विश्वास गरिएको छ। सर्वेक्षणले पार्टीको आन्तरिक राजनीतिको भित्री पाटोको बारेमा पनि अध्ययन गरेको छ। यसका बारेमा हाम्राकुरा डटकममा क्रमश प्रकाशन गर्दै जाने छौ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ