arrow

प्रदेश ५ : पहिलो संसद बैठक माघ २१ गते

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ १३ शनिबार

बुटवल । प्रदेश नम्बर ५ को पहिलो बैठक माघ २१ गते हुने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले शपथ ग्रहण भएको साता दिनपछि माघ २१ का लागि बैठक बोलाएका हुने । बैठकको सार्वजनिक सूचना भने आइतबार मात्रै प्रकाशित हुनेछ । प्रदेश सचिव सनत दुवाडीले २१ गते बैठक बोलाउने गरी आइतबार सूचना प्रकाशित हुने बताए ।

प्रदेशको पहिलो बैठक बुटवल उद्योग वाणिज्य संघका सभाहलमा हुनेछ । संसद भवन निर्माणका लागि आइतबारदेखि काम सुरु हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । ‘संसद बैठक उद्योग वाणिज्य संघको हलमा हुने भएको छ । आइतबारदेखि डेकोरेशनको काम सुरु हुनेछ’, उनले भने ।

मुख्यमन्त्रीको भवनका लागि श्रम कार्यालय, अख्तियार र तापतौल कार्यालयको भवन मध्ये एउटा प्रयोग गर्ने तयारी भएको छ । मुख्यमन्त्री कार्यालयका सचिव शंकर पाठकको सल्लाह बमोजिम कार्यालय तोकिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ