arrow

एक खेल अगाबै श्रृंखला कब्जा, अष्ट्रेलियामाथि भारत हावी

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
AUST-&-INDIA.jpg.jpeg
एजेन्सी । भारत र अष्ट्रेलियाबीचको  दोस्रो टि–२० क्रिकेटमा भारत २७ रनले विजयी भएको छ । अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछी पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ८४ रनको सम्मानजनक योगफल बनायो । भारतीय ओपनर रोहित शर्माले सर्वाधिक ६० रन जोडे । शर्माले ४७ वलमा २ छक्का ४ चौका वर्षाए । खेलको म्यान अफ द म्याच विराट कोहलीले ५९ रनको योगदान दिए । बलिङतर्फ अष्ट्रेलियन बलर ग्लेन म्याक्सवेल र एजी टेइले समान १–१ विकेट लिए ।
 
१ सय ८५ रनको चुनौती पछ्याउने क्रममा अष्ट्रेलियाले ८ विकेट गुमाउँदै १ सय ५७ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियन ब्याट्सम्यान आरोन फिनले  ७४ रन जोडेपनि अन्य व्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन् । अष्ट्रेलियन व्याटिङ कमजोर पार्न रविन्द्र जडेजा र जसप्रित बमुजाले समान २–२ विकेट चट्काए । जितसंगै सगै भारतले ३ खेलको टि–ट्वेन्टी श्रृंखला एक खेल अगावै २–० आफ्नो पक्षमा पारेको छ । यी दुईबीचको तेस्रो तथा अन्तिम टि–ट्वेन्टी आइतबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ