arrow

खाँणको हुँकार – बुटवलबाट प्रदेश सार्न खोजे पोखरा र काठमाण्डौ ठप्प

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ १४ आइतबार

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थमन्त्रि बालकृष्ण खाँणले ५ नम्बर प्रदेशको मुकाम बुटवलबाट सार्न चलखेल भए काठमाडौं र पोखरा ठप्प हुन सक्ने चेतावनी दिएका छन् ।

 
रुपन्देहीले बिभिन्न संकटका बेला काठमाडौंलाई घुडा टेक्नबाट बचाएको स्मरण गराउँदै मुकाम बुटवलबाट सार्ने निर्णय भए काठमाडौं र पोखरा ठप्प हुन सक्ने चेतावनी दिुएका हुन् ।

तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको चौथो साधारणसभा तथा दोश्रो अधिवेसनको मणिग्राममा उद्घाटन गर्दै नेता खाँणले मुकाम सार्न केहि शक्तिले चलखेल गरेको आरोप लगाउँदैे यो कदापि मान्य नहुने दाबी समेत गरे ।

जनप्रतिनिधिको संख्याका हिसावले पनि रुपन्देहीलाई मुकाम हुनबाट कसैले रोक्न नसक्ने उनको भनाई छ ।

तिलोत्तमा नगरपालिकाले बिकासको ठुलो सम्भाबना बोकेको भन्दै उनले यहाँको बिकासको प्रभाव मुलुकभरि पर्ने बताए ।

 मुलुकमा भएका सबै ठुला राजनितिक परिवर्तनहरुमा ठुलो भुमिका खेलेका यस क्षेत्रका नागरिकहरुलाई राज्यले सम्मान गर्नुपर्ने उनको भनाई छ ।

 तिलोत्तमा चक्रपथ निर्माणकार्य सुरुवात भैसकेको भन्दै नेता खाँणले यहाको बिकासका लागि आफु जस्तोसुकै भुमिका खेल्न पनि तयार भएको बताए ।

तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव माधवलाल देवकोटाले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ