arrow

एमालेका उम्मेदवार ठहरिए झुठा, उनको मात्र उम्मेदवारी खारेज, अब फिर्ताको समय 

logo
प्रकाशित २०७४ माघ १४ आइतबार
samsad.jpeg

काठमाडौं । राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन हुँदैछ । 

माघ २४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक हुन थालेको हो । 

निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएकामा उजुरी गर्न समय दिइएको समयपछि छानबिन पश्चात अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो ।

आयोगमा विभिन्न उजुरी परेका भए पनि १ जनाको मात्रै उम्मेदवारी खारेज भएको छ । प्रदेश नम्बर ४ को अपांग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका एमालेका रामबहादुर थापाको मात्र उम्मेदवारी खारेज भएको हो ।

थापाले पेश गरेको अपाङ्गताको प्रमाणपत्र उम्मेदवारी दर्तापछि मात्रै बनाएको भनी उजुरी परेको थियो । 

थापाले मनोनयनपत्र साथ पेश गरेको अपाङ्गताको परिचयपत्र अपाङ्ग परिचयपत्र वितरण निर्देशिका, २०५७ बमोजिम भएको तर त्यसलाई नेपाल सरकारले खारेज गरी अर्को निर्देशिका २०६५ मा जारी गरेको थियो । 

उम्मेदवार थापाले माघ १० गते उम्मेदवारी दर्ता गरेपछि माघ १२ गते नयाँ अपाङ्गताको प्रमाणपत्र बनाएर पेश गरेका थिए ।  

पूर्वनिर्धारित कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागेको आयोगले उम्मेदवारी फिर्ताका लागि आइतबार दिउँसो १ देखि सोमबार दिउँसो २ बजेसम्मको समय दिएको छ ।

यो बीचमा इच्छुक उम्मेदवारले उम्मेदवारी फिर्ता सक्नेछन् । सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने आयोगले जनाएको छ ।

अन्तिम नामावली प्रकाशनपछि भोलि नै उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने आयोगको कार्यतालिका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ