arrow

स्कुल पाेशाकमै फिल्म हेर्न जाँदा प्रहरीको फन्दामा

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
Collage-Bank-Garne-Student.jpg.jpeg
भक्तपुर। कलेज पोसाकमै चलचित्र हेर्न गएका विद्यार्थीलाई आज बाराही मुभिज सूर्यविनायकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी टोलीले काठमाडौँ उपत्यकाका १० उमाविका कलेज पोसाकमै आएका ३१ छात्रछात्रालाई चलचित्रघरबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिए । प्रहरीले छापा मारेपछि कतिपय विद्यार्थीले कलेजको कोट र ज्याकेट खोली झोलामा हालेर भाग्ने प्रयास गरेका थिए ।
 
पकाउ परेका छात्रछात्रालाई सम्बन्धित उमाविका शिक्षक र अविभावकको जिम्मा लगाएर आजै छाडिएको प्रहरी उपरीक्षक वज्राचार्यले बताए । प्रहरीले चलचित्रघरका मालिक श्याम जोशीलाई समेत नियन्त्रणमा लिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ