arrow

पोखराका काँग्रेस प्रदेश सभा सदस्य विन्दु थापा भन्छन्, ' विपक्षी दलको नेता सर्वसम्मत छान्छौ '

' जिम्मेवारी लिन तयार छु '

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ माघ १५ सोमबार
bindu-thapa1.jpg

काठमाडौं। प्रदेश नम्वर ४को राजधानी कास्कीबाट निर्वाचित एक मात्र प्रदेश सभा सदस्य हुन् विन्दु थापा। उद्योग व्यवसायको क्षेत्रको प्रतिनिधित्व समेत गर्ने थापा प्रदेश ४ कै नेपाली काँग्रेसभित्रका साझा व्यक्तित्वका रुपमा चिनिन्छन। पहिलो पटक अभ्यास हुँदै गरेको संघीयता अन्तर्गत देशका सातैवटा प्रदेशमा प्रतिपक्षी हैसियतमा समेटिएको काँग्रेसलाई अर्को प्रदेश सभा र स्थानिय तहको चुनावमा ठूलो दलको हैसियतमा पुर्‍याउने चुनौती रहेको बताउने थापा अबका ५ बर्ष रचनात्मक प्रतिपक्षीको रुपमा काँग्रेसले आफ्नो भूमिकालाई परिभाषित गर्नुपर्ने बताउँछन्। काँग्रेसका तर्फबाट पोखराबाट निर्वाचित प्रदेश सभा सदस्य विन्दु थापासँग हाम्राकुरा डटकमले गरेको कुराकानीमा उनले आफूलाई सिलसिलेवार रुपमा प्रस्तुत गरेका थिए।

प्रदेश सभाको तयारी र विपक्षी दलको वैठक 
नेपाली काँग्रेसको तर्फबाट प्रदेश नम्वर ४ बाट ६ जना निर्वाचित र ९ जना समानुपातिकबाट गरेर १५ जना प्रदेश सभामा निर्वाचित भएका छौ। जनताले हामीलाई जिम्मेवार प्रतिपक्षको भुमिका निभाउन जिम्मेवारी दिएका छन्। हामी त्यहि जिम्मेवारी पुरा गर्ने तयारीमा छौं। प्रदेश सभाको पहिलो वैठकको तयारी हुँदै गर्दा संसदीय दलको नेताको चयनको कुरामा पनि पार्टीको तर्फबाट हाम्रो पनि गृहकार्य भइरहेको छ। प्रदेश ४ को संसदीय दलमा हामी सर्वसम्मत नै नेता चयन गर्ने गृहकार्यमा छौ। नेतृत्व तहका अग्रजहरुसँग पनि यहि बिषयमा छलफल भएको छ। 

गृहकार्य जारी 
माघको ७ मा प्रदेश सभाका सदस्यहरुको सपथग्रहण भएपछि नेपाली काँग्रेसका हामी प्रदेश सभा सदस्यहरु छुट्टै बसेका थियौ। केहि आन्तरिक गृहकार्य पनि भएको छ। २४ गते राष्ट्रिय सभाको निर्वाचनका लागि सबै साथीहरु प्रदेश राजधानी पोखरामा जम्मा भएका बेला केन्द्रीय नेताहरु पनि पोखरा आउँदै हुनुहुन्छ। यहि बेलामा प्रदेश सभाको संसदीय दलको खाकाको बिषयमा पनि नजिकबाट नेतृत्व तहसँग कुरा हुन्छ। 

Image may contain: 1 person

विपक्षी नेता सर्वसम्मत चयनको पहल 
साथीहरुसँग कुराकानीका क्रममा विपक्षी दलको नेता प्रत्यक्ष निर्वाचित मध्येबाटै हुनुपर्छ भन्ने मैले पाएको छु। यसअघी नै सर्वसम्मत रुपमा प्रदेशको राजधानी पोखरा भएको छ। नेपाली काँग्रेसको प्रदेशको संसदीय दलको नेता चयन गर्ने क्रममा पनि प्रदेश राजधानी र प्रत्यक्षबाटै निर्वाचित हुनुपर्छ भन्ने साथीहरुबाट चर्चा भएको मैले पाएको छु। साथीहरुको सद्भावसँगै पार्टी नेतृत्वबाट जिम्मेवारी वहन गर्न प्रस्ताव आएको खण्डमा म त्यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न तयार छु। 

प्रदेशको राजधानी पोखराबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रत्यक्षबाट एक्लै नै निर्वाचित भएको अवस्थामा पार्टी नेतृत्वले भविष्यलाई पनि हेरेर जिम्मेवारी दिएको अवस्थामा कुशलतापूर्वक भुमिका निर्वाह गर्न तयार छु। 

तयारी दलको नेताकै
पार्टीमा हामी केहि साथीहरुको नाम संसदीय दलका लागि चर्चामा छ। हामी प्रदेश सभा सदस्य साथीहरुसँग छलफलमा छौं। हामी टुङगोमा पुगेका छैनौं। चर्चाका बीचमा संसदीय दलको नेतामा आकाँक्षी रहेका हामीहरु मध्येबाट नेतृत्व तहले परामर्शमा टुङग्याएको नाममा हाम्रो सहमति नै हुनेछ। हामी कुनै पनि हिसावले चुनावी प्रक्रियामा नगइ सहमतिमैं संसदीय दलको नेता चयन गर्नेछौ। 

Image may contain: 2 people, people sitting

विपक्षी दलको योजना र प्राथमिकता
पार्टीको संसदीय दलको नेताको हैसियतमा पुगेको अवस्थामा प्रदेशको विकासको लागि प्रदेश सरकारसँग रचनात्मक प्रतिपक्षीको भुमिका निर्वाह गर्दै अगाडी बढ्ने हाम्रो प्राथमिकता रहनेछ। पार्टी संगठनलाई मजवुद बनाउने गृहकार्य गर्दै अब हुने स्थानिय र प्रदेश सभाको चुनावमा पार्टीलाई विजयी गराउन अहिलेबाटै काम शुरु गर्नेगरि लाग्नुपर्ने हुन्छ। यसका लागि अहिलेबाटै काममा लाग्ने योजना बनाउँछु। चुनावका बेलामा हामीले प्रदेशको विकास निर्माण र लगानीमैत्री वातावरण बनाएर प्रदेशमा रोजगार सिर्जना गर्ने लगायतका धेरै कुरा गरेका थियौ। अब प्रतिपक्षीमा रहँदा पनि हामीले त्यहि कुरालाई मध्यनजर गर्दै काम गर्नेछौं। भ्रष्टाचारमा शून्य सहनशिलता नीतिलाई अवलम्वन गर्दै विकास निर्माणमा सरकारसँग सहकार्य र रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह हुनेछ। आर्थिक विकासका लागि प्रतिपक्षी भुमिकामा रहँदा पनि रचनात्मक काम गर्ने नै छौ। स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्ने, गरिखाने वातावरण बनाउने, रोजगारी सिर्जना गर्ने लगायतका काममा हामी रचनात्मक रुपमा क्रियाशिल हुन्छौ।  

रचनात्मकसँगै कठोर 
सरकारको क्रियाकलापमा हाम्रो भूमिका निर्भर हुन्छ। सरकारमा रहेकाहरुले आफ्ना कार्यकर्ता मात्र पोस्ने हिसावले कार्यक्रम र वजेट ल्याएमा हामी त्यसको बिरुद्धमा उभिन्छौ। प्रतिवाद गर्छौ।  हामी रचनात्मक प्रतिपक्षीको अभ्यास गर्ने छौ। सुसासन, विकास निर्माण, भ्रष्टाचारमुक्त प्रसासन, रोजगार सिर्जना लगायतका काममा हामी पार्टी भन्दा पनि माथि उठेर सरकारसँग सहकार्य गर्दै जान तयार छौ। तर रचनात्मक हुँदाहुँदै पेल्न खोजिए हामी कठोर पनि हुन्छौ। सरकारको भुमिकामा हाम्रो भुमिका वदलिन सक्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ