arrow

रेड पान्डाको छालासहित दुई जना पक्राउ

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
police.jpg.jpeg
भीमदत्तनगर। सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट खटिएको प्रहरीको अनुसन्धान ब्युरोले अति दुर्लभ रेड पान्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । 
 
अनुसन्धान ब्युरोका महाकाली अञ्चल इन्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारी नेतृत्वको टोलीले आज बाँकेको कोहलपुरबाट रेड पान्डाको ३१ इन्च लामो छालासहित दुई जनालाई पक्राउ गरेको हो । 
 
प्रहरी नायब निरीक्षक जोहारका अनुसार छालासहित पक्राउपर्नेमा कालिकोट राम्नाकोट–१ घर भई हाल कोहलपुर नगरपालिका–९ मा बस्दै आएका १९ वर्षीय भइराज बम र २३ वर्षीय लक्ष्मणबहादुर शाही रहेका छन् । दुवै जनालाई छालासहित कोहलपुरको बसपार्क रोडमा पैदल हिँडीरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले थप कारबाहीका लागि छालासहित अभियुक्तलाई बाँके वन कार्यालयको जिम्मा लगाएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ