arrow

भित्रभित्रै मुर्मुरिदै एमाले नेता : कार्यदलको निर्णय जनभावना विपरीत -कँडेल(कुराकानी)

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
yamlal.JPG

६ नम्बर प्रदेशमा नेकपा एमालेको सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै कार्यदलले माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सिफारिस गरेको छ । यो सिफारिसविरुद्ध एमाले नेताहरु असन्तुष्ट भएका छन् । एमाले नेता यामलाल कँडेलले मापदण्ड र मान्यताविपरित गरियो यो निर्णयलाई एमाले नेतृत्वले पुनर्विचार गर्नुपर्ने सुझाव दिएका छन् । यही विषयमा हामीले कँडेलसँग छाेटाे कुराकानी गरेका छाैँ ।

० प्रदेश ६ मा माओवादी केन्द्रको मुख्यमन्त्री बन्ने भएछ नि ?
– प्रदेश ६ को मुख्यमन्त्री मैले कहिले दाबी गरेको थिइँन, पार्टीले संस्थागत निर्णय गरेर प्रदेश ६ मा एमालेको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो माग हो । वाम गठबन्धनको कार्यदलले जे मापदण्ड र मान्यता बनाएको थियो, त्यही अनुसार सिफारिस गरिएको छैन । ६ नम्बर प्रदेशको हकमा कार्यदलले जे सिफारिस गरेको छ, त्यो जनभावना अनुसार छैन । तथ्यमा आधारित र न्यायोचित पनि छैन । यो निर्णय गर्नुभन्दा अगाडि नै नेकपा एमालेको पर्याप्त ध्यानाकर्षण गराएका थियौं ।

० निर्णय भइसक्यो, अब के गर्नुहुन्छ ?
– निर्णय भइसकेको छैन, पार्टी एकता संयोजन समितिमा पुग्न बाँकी नै छ । यद्यपि एउटा ठाउँमा मान्यता बनाइसकेपछि त्यसलाई बदल्न कठिन हुन्छ । कार्यदलले जे सिफारिस गरेको छ, त्यो तथ्यमा आधारित छैन, त्यसले जनभावनाको कदर गर्दैन । ६ नम्बर प्रदेशको हकमा नेकपा एमालेको हकमा अन्यायपूर्ण अन्यायपूर्ण सिफारिस गरेको छ ।

० मुख्यमन्त्री र सभामुख को बन्ने निर्णय नै भइसकेको होइन र ?
– छैन, कतिपय अवस्थामा हामी संघीय संरचनामा गइसक्यौं, नयाँ संरचना निर्माण भइसकेको छ । तर हाम्रो केन्द्रीय मानसिकता यो सन्दर्भमा पनि प्रकट हुँदैछ । व्यक्तिका बारेमा कुरा भएजस्ता मलाई लाग्दैन । कार्यदलले सिफारिस गर्‍यो भन्ने जानकारी मैले पनि पाएको हुँ ।

० पार्टी एकताको कुरा पनि गर्ने, सबै तपाईंहरुलाई नै चाहिने ?
– जबसम्म बाम गठबन्धन रहिरहन्छ, हामीले प्राप्त गरेको परिणामलाई आधार बनाएरै वाम वाम गठबन्धन अगाडि बढेको छ । ६०–४० को भागवण्डा गर्दा हामीले विगतको स्थानीय निर्वाचनलाई आधार मानेका थियौं । राष्ट्रियसभामा उम्मेदवार चयन गर्दा हामीले हिजोको मतभारलाई आधार मानियो, अहिले पार्टी एकीकरणका लागि ७०–३० लाई आधार मानिएको छ, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई आधार मानियौं । उहाँहरुले बनाएको मापदण्डअनुसार ६ नम्बर प्रदेशको परिणामलाई हेर्दा एमालेकै नेतृत्वमा सरकार बन्नुपर्छ ।

० यो निर्णय मान्नुहुन्छ ?
– यो मान्ने वा नमान्ने तहमा म छैन । यसलाई हामी छलफलको विषय बनाउँछौं । तर हामी नकरात्मक ढंगले अघि बढेका छैनौं । माओवादी केन्द्रको साइजबारे म केही बोल्दिनँ । तथ्य र अवस्थालाई ख्याल गरेर मात्र निर्णय गर्नुहोस् भनेर हामीले कार्य दल र पार्टी एकता संयोजन समितिमा बस्नु भएका साथीहरुलाई विनम्रतापूर्वक अनुरोध गरेका छौं । जो निर्णय गर्ने ठाउँमा बस्नुभएको छ, त्यहाँ निर्णय गर्दा आफ्नाबारेमा मात्र चिन्ता गरेको देखिँदैन, त्यहाँ अनुपस्थित हुनेलाई बेवास्ता हुने गरी निर्णय गर्नुभयो भने त्यसले नकरात्मक असर गर्छ है भनेर हामीले जानकारी गराएका छौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ