arrow

‘आयरल्याण्डलाई हराए–न्यूजिल्याण्ड हारे’ भारतसंग भिड्नु अघि क्वार्टरफाइनलमा नेपाल

छनोटमा हराएकै प्रतिस्पर्धीलाई जित्लान् नेपाली युवाले ?

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
nepali-toli-u-19.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेटमा शनिबार नेपाल र आयरल्याण्ड खेल्दै छन् । खान शाहेब ओस्मान अली स्टेडियम फतुल्लाहमा बिहान पौने ९ बजे हुने खेल जिते नेपालको क्वार्टरफाइनलको ढोका खुल्ने छ । समूह ‘डी’मा रहेको नेपालले पहिलो खेलमा न्यूजिल्याण्डलाई ३२ रनले हराउँदै क्वार्टरफाइनल पुग्ने बलियो वातावरण तयार पारेको छ । समूह ‘डी’कै अर्को खेलमा भारतले आयरल्यान्डलाई हराएको छ । 
 
शनिबार नेपालले आयरल्याण्डलाई र भारतले न्यूजिल्याण्डलाई पराजित गरे समूह चरण अन्तिम खेल खेल्नुअघि नै नेपाल र भारत क्वार्टरफाइनल पुग्ने छन् । समूहको अन्तिम खेलमा सोमबार नेपाल र भारतबीच भिडन्त हुने छ ।उमेर समूहमा बलियो भइसकेको नेपालले छनोट प्रतियोगितामा आयरल्याण्डलाई पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको थियो । विश्वकपमा समेत आफ्नो पहिलो खेलमा विजयी हुँदै मनोबल बढाएकाले नेपाल शनिबार अपेक्षाकृत प्रदर्शन गर्ने अनुमान छ ।
 
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको एसोशिएट सदस्य राष्ट्र आयरल्याण्डविरुद्ध जित निकाल्दै नेपाल यू–१९ विश्वकप क्रिकेटमा दोस्रो पटक क्वार्टरफाइनलमा पुग्ने दाउमा हुनेछ । यसअघि सन् २००० मा पहिलो पटक यू–१९ विश्वकपमा सहभागि भएको नेपाल दोस्रो चरणमा पुगेको थियो । 
 
सन् २००६ मा श्रीलंकामा भएको विश्वकपमा क्रिकेटको प्लेट च्याम्पियनसिपमा न्यूजिल्याण्डलाई १ विकेटले पराजित गर्दै प्लेट च्याम्पियन बनेको थियो । मलेसियामा गत अक्टोबरमा राउण्ड रोबिन लिगका आधारमा भएको आइसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपाल आयरल्याण्डलाई हराउँदै छनोट भएको थियो । 
 
१६ टोली सहभागी यू–१९ विश्वकपमा नेपाल रहेको समूह ‘डी’ न्यूजिल्याण्ड, आयरल्याण्ड र भारत छन् । जारी प्रतियोगितामा नेपाल दुई अङ्कका साथ लिगको दोस्रो स्थानमा छ, आयरल्याण्ड अङ्कविहीन छ ।  दुई अङ्क जोडेको भारत लिगको पहिलो स्थानमा छ, न्यूजिल्याण्ड लिगको तेस्रो स्थानमा छ । नेपालसंग हारेको न्यूजिल्याण्ड समेत अङ्क विहिन छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ