arrow

प्रधानमन्त्री अाेलीकाे भ्रमण फागुन दोस्रो हप्ता, यसअघिको टाइमलाइनमा अर्थमन्त्री भारत हानिने

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
oli.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ देखि ११ सम्म भारत भ्रमणको तयारी गरेका छन् । भारतीय अधिकारीहरुसँगको औपचारिक छलफलपछि संविधान संशोधनपछि मधेसी दलको आन्दोलन कम हुदैं गएको र नाका पनि सहज हुने मुल्यांकन गर्दै ओली भारत जान लागेका हुन् ।
 
प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेललाई माघ २४ मा दिल्ली पठाउने भएका छन् । भारत भ्रमणमा रहदाँ अर्थमन्त्री अरुण जेट्लीसँग भेट्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने त्यही गएपछि भेट्ने समय निर्धारण हुनेछ ।अर्थमन्त्री पौडेल भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा  तीन दिनका लागि  दिल्ली जान लागेका हुन् । पौडेलेको भ्रमणपछि प्रधानमन्त्री भ्रमणको मिति औपचारिक सार्वजनिक हुनेछ । यद्यपि, फागुन ७ देखि ११ गते सम्म भ्रमण गर्ने गरी अनौपचारिक मिति प्रस्तावित छ ।
 
‘अर्थ मन्त्रीले प्रधानमन्त्री भ्रमणको तयारी गर्ने र पुनर्निर्माण सम्बन्धि छलफलमा भाग लिनुहुनेछ,’ प्रधानमन्त्री कार्यालयले भनेकाे छ । मन्त्री पौडेलले दिल्ली गएकै दिन विदेशमन्त्री सुषमा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको स्रोतले जनाएको छ । भारत लगत्तै ओली चीनका पनि भ्रमणमा जानेछन् । चीनसँग द्विपक्षीय रणनीतिक महत्त्वको सम्झौता गर्ने तयारी छ ।  
 
यसअघि, शुक्रबार विहानमात्रै हाम्राकुरासंग कुरा गर्दै ओलीका परराष्ट्र विज्ञ गोपाल खनाल, परराष्ट्रमन्त्रालय प्रवक्ताको कार्यालयका सहप्रवक्ता दिपक अधिकारीले भ्रमणको तयारी भइरहेको र तिथी तय नभएकाले भ्रमणबारे प्रधानमन्त्रीको आधिकारिक धारणा नआएको बताएका थिए । यद्यपि, माघ अन्तिम साता हुने भनिएको भ्रमण केही पर सर्ने संकेत अधिकारीले दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ