arrow

इजरायल जान सय जनाको आवेदन छनोट

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
इजरायल.jpg.jpeg
काठमाडौं। इजरायलका केयरगिभरका रुपमा रोजगारीमा जान पहिलो चरणमा १०० जना आवेदक परीक्षार्थीका रुपमा चिट्ठा प्रणालीबाट छनोट गरिएको छ । 
 
वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै छनोटमा परेको आवेदकको माघ १९ गते मनमोहन मेमोरियल कलेज सोह्रखुटेमा परीक्षा हुने जनाएको छ । परीक्षा दिन आउँदा राहदानी र नागरिकताको सक्कली प्रमाणपत्र लिएर उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । 
 
सरकारबाट अधिकारप्राप्त निकायबाट परीक्षा हुन लागेकाले परीक्षा स्वच्छ, पारदर्शी एवम् निष्पक्ष हुने र कुनै असान्दर्भिक व्यक्ति, संस्था, निकायसँग आर्थिक कारोबार नराख्न विभागले परीक्षार्थीलाई ध्यानाकर्षण गराएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ