arrow

लाङ्टाङमा भूकम्पस्मृति पार्क बनाइने

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
Aananda-Prasad-Pokharel.jpg.jpeg
धुन्चे (रसुवा)। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले लाङ्टाङमा भूकम्पस्मृति पार्क बनाउने घोषणा गरेका हुन् ।
 
तीन दिनदेखि हिमाली क्षेत्रमा सञ्चालित प्रथम राष्ट्रिय स्की (हिउँमा खेल्ने खेल) प्रतियोगिताको समापनका लागि आज लाङ्टाङ पुग्नुभएका मन्त्री पोखरेलले स्मृति पार्क बनाउने घोषणा गर्दै निर्माणका लागि डिपिआर तयार गर्न लगाउने बताए । 
स्की खेलमा समानुपातिक हिसाबले छ महिला छ पुरुष खेलाडी सहभागी भएका र दुवै समूहबाट प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई मन्त्री पोखरेलले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
 
उक्त खेल लाङ्टाङ गाविसको वडा नं १ क्यान्जिन इलाका क्षेत्र आसपासमा भएको बताइएको छ ।  खेल राष्ट्रिय स्कीसङ्घले प्रथमपटक आयोजना गरेको र साहसिक पर्यटन खेललाई बढवा दिन निरन्तर रुपमा लाङ्टाङमा यस्ता खेलको विकास गर्दै लगिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ