arrow

अख्तियारले मार्‍यो वैदेशिक रोजगारीमा विभागमा छापा, महानिर्देशकसहित १३ अधिकृत गयल

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
वैदेशिक-रोजगारीमा-विभाग.jpg.jpeg
काठमाडौं। वैदेशिक रोजगारीमा जान चाहने युवाको काममा लापर्बाही गरेको र घुस लिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज वैदेशिक रोजगार विभागमा छापा मारेको छ । 
 
सेवाग्राहीलाई दुःख दिएको, श्रम स्वीकृतिलगायतमा व्यवधान गरेको र घुस लिएको उजुरी परेपछि आयोगले छापा मारेको हो । नागरिकको गुनासोका आधारमा छापा मारिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार छापा मार्दा महानिर्देशक केदार बोगटीसहित १३ जना अधिकृतसमेत गयल रहेको पाइएको छ ।
 
यस्तै एक दर्जनभन्दा बढी नायब सुब्बा र खरिदार तथा श्रेणीविहीन कर्मचारी गयलमा रहेको पाइएको हो । सेवाग्राहीले दिएको उजुरीका आधारमा छापा मारिएको र विभागका सम्बन्धमा प्राप्त भएको उजुरीमाथि छानबिन भइरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ