arrow

सुक्खा बन्दरगाह सञ्चालन

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
52afb8f5aa2bf44766363c4a09182a15_L.jpg.jpeg
वीरगन्ज। धर्नामा बसेका कबरियालाई सुरक्षाकर्मीले बल प्रयोग गरेर हटाएपछि वीरगन्जस्थित सुक्खा बन्दरगाह आजदेखि पुनःसञ्चालन भएको छ । हिन्दू कबरिया सङ्घको आह्वानमा कबरियाले सुक्खा बन्दरगाह जोडिने मार्गमा बिहीबारदेखि धर्नामा बसेपछि सुक्खा बन्दरगाहबाट हुने आयातनिर्यात ठप्प भएको थियो ।
 
दिउ“सो स्थानीय प्रशासनको निर्देशनमा सुरक्षाकर्मीले धर्नामा बसेका कबरियालाई बल प्रयोग गरेर हटाएपछि सुक्खा बन्दरगाहबाट हुने आयातनिर्यात सञ्चालन भएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए । तेस्रो मुलुकबाट आयातित सामान सडकमार्गबाट ल्याउन अवरोध सिर्जना हुन थालेपछि व्यवसायीले सुक्खा बन्दरगाहलाई बढी प्रयोग गर्न लागेका छन् ।
 
आयातित सामान बोकेर भारतको कोलकाता बन्दरगाहबाट आउने कन्टेनर मालबाहक रेलमार्फत आउन थालेपछि विगत केही दिनयतादेखि वीरगन्जस्थित सुक्खा बन्दरगाहमा अत्यधिक चाप बढेको छ । वीरगन्जस्थित सुक्खा बन्दरगाह भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र बन्दरगाह हो । बन्दका समयमा पनि स्थानीय प्रशासनले सुक्खा बन्दरगाहबाट उच्च सुरक्षाका साथ सामान निकासी गर्ने व्यवस्था मिलाएका कारण पछिल्लो समयमा आयातित सामान बोकेर आउने कन्टेनरमा वृद्धि भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ