arrow

पाँचथरको अधिकांश गाउँ तथा नगर वडामा काँग्रेस नेतृत्व सर्वसम्मत चयन

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७२ माघ १५ शुक्रबार
13th-congress.png.png.png.png
पाँचथर। नेपाली काँग्रेसको पाँचथर जिल्लाका ३८ वटा गाविस र एक नगरपालिकामा गाउँ तथा नगर अधिवेशन भएको छ। अधिकांश स्थानमा सर्वसम्म नेतृत्व चयन भएपनि केहि गाविस र नगर वडामा भने चुनाव भएको छ। अधिकांश जिल्लाको गाउँ तथा नगर अधिवेशनमा संस्थापन र देउवा पक्ष दुई समूहमा विभाजन भएर चुनाव लडेपनि पाँचथरमा भने संस्थापन भित्रै दुई समूह चुवानी मैदानमा उत्रिएका छन्। पाटी सभापति नरेन्द्र केरुङ र महासमिती सदस्य सुरेन्द्र दाहाल सभापति पदमा प्यानलनै बनाई लड्ने तरखरका साथ चुनावी मैदानमा उत्रँदै छन्। दुवै पक्षको अहिले मिश्रित परिणाम आइरहेको कार्यकर्ताहरुले वताएका छन्।
 
नेपाली काग्रेसका तर्फ बाट पूर्वगृहराज्यमन्त्री बनेका दिपक प्रकाश वास्कोटाको गाउँ रानीटारमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ। चन्द्र बहादुर नेम्बाङको सभापत्विमा ११ सदस्य नयाँ कार्यसमिती चयन गरिएको हो। समितीको सचिवमा रमेश राई र कोषाध्यक्षमा नरमाँया गुरुङलाई चयन गरिएको छ। क्षेत्रिय प्रतिनिधीमा पूर्वगृहराज्यमन्त्री वास्कोटा, अधिवक्ता छवि वास्कोटा, केन्द्र प्रकाश गुरुङ, प्रताप राई, कुशल गुरुङ, भूपेन्द्र विक, गणेश तामाङ, इन्द्र गुरुङ, विष्णु कुमारी तामाङ, सीता गुरुङ, नित्यानन्द अधिकारीलाई चयन गरिएको छ।
 
यस्तै फिदिम नगरपालिका वडा नम्बर २ को सभापतिमा गंगा वास्कोटा निर्वाचित हुनुभएको छ। सभापतिका प्रत्याशि उम्मेदवार सूर्य घिमिरेलाई ७ मतअन्तरले पराजित गर्दे वास्कोटा सभापति पदमा विजयी वन्नुभएको हो। वास्कोटाको पक्षमा ५७ र घिमिरेको पक्षमा ५० मत परेको थियो। यस्तै क्षेत्रिय प्रतिनिधीमा भएको निर्वाचनमा ओनाहाङ नेम्बाङ,दिनेश वास्कोटा र सुरेन्द्र पौडिल निर्वाचित भएका छन्।
 
यस्तै फिदिम ४ मा भने गोविन्द ढकाल सर्वसम्मत नेपाली काग्रेस वडा सभापति चयन हुनभएको छ। त्यसैगरी समितीको सचिवमा गणेश कुमार गौतम तथा कोषाध्यक्षमा हेमा योङयाहाङ लाई चयन गरिएको छ। यस्तै समितीको क्षेत्रिय प्रतिनिधीमा सुमन लामा,पूर्ण कुमार आङदेम्बे,पुनम नेम्बाङलाई चयन गरिएको हो। यस्तै फिदिम नगर वडा नम्बर ८ को सभापतिमा भरत तुम्वापो चयन हुनु भएको छ। समितीको सचिवमा रविन्द्र तुम्वापो,कोषाध्यक्षमा जगत बहादुर तुम्वापो गरी ११ सस्य नयाँ कार्यसमिती चयन गरिएको हो। यसैगरी क्षेत्रिय प्रतिनिधीमा याम कुमार तुम्वापो,धनराज तुम्वापोलाई चयन गरिएको छ।
 
यस्तै जिल्लाको प्राङबुङ गाविसको सभापतिमा भरत खपांगी सर्वसम्मत चयन हुनु भएको छ। उपसभापतिमा नविन राई,सचिवमा रमेश थापा लाई चयन गरिएको छ। यस्तै क्षेत्रिय प्रतिनिधीमा जिवन कुमार राई,साम्दे शेर्पा,इन्द्र कुमारी साँवा,सरिता राई,कुल प्रसाद मगर,दिल प्रसाद राईलाई चयन गरिएको छ। यस्तै नवमीडाँडामा होम आङदेम्वे सभापतिमा चयन हुनु भएको छ। यस्तै प्रतिनिधीमा हरिराज आङदेम्वे,विरेन्द्र खड्का, रामराज आङदेम्वे, घनेन्द्रराज आङदेम्वे, यज्ञ प्रसाद लुइटेल, टिकाराज आङदेम्वे, कृष्ण लाम्गादे, चन्द्रराज आङदेम्वे, विमला नेम्बाङ, आशा आङदेम्वे, इन्दिरा लुइटेललाई चयन गरिएको छ। यस्तै मेमेङमा सुर्य थाम्सुहाङ सभापतिमा चयन हुनुभएको छ। यस्तै क्षेत्रिय प्रतिनिधीमा मन कुमार केरुङ,धन कुमार चाम्लिङ,रामचन्द्र गुरुङ,प्रेमराज केरुङ,मनमति राई र हिमादेवी सुवेदी चयन हुनुभएको छ।
 
यस्तै भारपामा भने चुनाव भएको छ। सभापतिमा देवराज नेम्बाङ निर्वाचित हुनुभएको छ। दिल बहादुर मोक्तानलाई ३ मतको झिनो अन्तरले पराजित गर्दे नेम्बाङ निर्वाचित हुनुभएको हो। नेम्बाङको पक्षमा २९ र मोक्तानको पक्षमा २६ मत परेको थियो। समितीको सचिव इन्द्र सुवेदी,कोषाध्यक्षमा मान बहादुर तामाङ निर्विरोध चयन हुनुभएको छ। क्षेत्रिय प्रतिनिधीमा गणेश योङहाङ,जय प्रसाद रिजाल,गणेश प्रसाद पोख्रेल,यमुना तिम्सिना,टेक बहादुर तामाङ, तिवेन्द्र ठटाल, विर बहादुर यवा,देवी माँया रिजाल लगायत रहनुभएको छ।
 
यस्तै याङनाममा चुनाव हुने चर्चा धेरै अघि देखिनै चलेपनि सर्वसम्मत लिलाराम जवेगु पुन सभापति बन्नुभएको छ। पार्टीको उपसभापतिमा शर्ण एक्तेन, सचिव खगेन्द्र केरुङ र कुशम थाम्सुहाङ, कोषाध्यक्षमा हिमा अधिकारी रहनुभएको छ। सिमितीको क्षेत्रिय प्रतिनिधीमा पाटी जिल्ला सचिव रुपनारायण जवेगु, विना थाम्सुहाङ, शिव थाम्सुहाङ, मधु जवेगु, खगेन्द्र जवेगु, धन प्रसाद केरुङ, याम कुरुम्बाङ, डल्ले शार्की, वुद्दिमान जवेगु, पुष्प जवेगु चयन हुनुभएको छ।
 
यस्तै पूर्व स्थायिन विकाश मन्त्री पूर्ण कुमार शेर्माको गाउँ सराङडाँडामा पनि सर्वसम्मत नयाँ नेतृत्व चयन भयो। सराङडाँडाको सभापतिमा सन्तोष शेर्मा निरविरोध चयन हुनु भएको छ। यस्तै समितीको उपभासपतिमा महेश बहादुर भटराई, सचिवद्दय भिम कार्की, महेन्द्र थापा, सहसचिव कविराम शेर्मा, कोषाध्यक्षमा कृष्ण बहादुर अधिकारी चयन हुनुभएको छ। यस्तै क्षेत्रिय प्रतिनिधीमा पूर्व स्थानिय विकाश मन्त्री शेर्मा, गंगा आङदेम्बे, सन बहादुर आङदेम्बे, राज कुमार आङदेम्वे, राम बहादुर गजमेर, शिवन कुमार शाह, पवित्रा थापा, जनिमाँया थापा मगर चयन हुनुभएको छ।
 
यस्तै जिल्ला सभापति नरेन्द्र कुमार केरुङको गाउँ सिदिनमा पनि सर्वसम्मत टेक बहादुर केरुङ हुनुभएको छ। यस्तै समितीको सचिवमा वेघराज केरुङ, कोषाध्यक्ष चक्र बहादुर योङहाङ चयन हुनभएको छ। त्यसैगरी क्षेत्रिय प्रतिनिधीमा नरेन्द्र कुमार केरुङ, सुरेन शिशिर केरुङ, धन कुमार लावती, भिम वास्कोटा, जय वास्कोटा, मिना रिजाल, साधना केरुङ, सुक बहादुर मेयोङहाङ, जनकलाल राई, शेर बहादुर विक, वाबुजी चौधरीलाई चयन गरिएको छ। 
 
यस्तै फिदिम नगर वडा नम्बर ३ को सभापतिमा प्रकाश तामाङ चयन हुनभएको छ। क्षेत्रिय प्रतिनिधीमा टंक राई,धन कुमार गुरुङ र सीता राई लाई चयन गरिएको छ। वडा नम्बर ५ मा को तोयानाथ भण्डारी सभापति वन्नु भएको छ। समितीको क्षेत्रिय प्रतिनिधीमा विनोद खनाल,डिल्लीराम लुइटेल,उर्मिला श्रेष्ठ लाई चयन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ