arrow

पोर्चुगलमा युरोप स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने

logo
भरत प्रधान,
प्रकाशित २०७४ माघ १९ शुक्रबार
volleyball_portugal.jpg

लिस्बन। प्रथम शहिद लखन थापा मगरको स्मृती एवं मगर दिवसको अवसरमा युरोपेली मूलुक पोर्चुगलमा युरोप स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

मगर समाज पोर्चुगलको आयोजनामा युरोप स्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको हो । यही २५ फेबु्रअरी आईतबारका दिन उक्त कार्यक्रमको आयोजना गरिएको समाजद्धारा बुधबार लिस्बनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

 खेलकुद, अनुशासन, गतिशिलता र भातृत्व : सभ्य डायस्पोरा नेपाली समाजप्रति हाम्रो दायित्व, भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ । प्रवासमा रहेका नेपालीहरु बिचको सम्बन्धलाई थप प्रगाढ बनाउन, प्रवासमा रहेका नेपाली खेलाडीहरुलाई प्रोत्साहन गर्न तथा नेपाली कला र लोक सँस्कृतिको सँरक्षण, सम्बृद्र्धन र प्रबृद्धन गर्ने उद्धेश्यका साथ भलिबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको समाजका कावा अध्यक्ष दीपक रानाले बताउनुभयो । कार्यक्रम राजधानी लिस्बन स्थित पार्क डी जोगोस् अल्भलाडमा हुने बताईएको छ ।

प्रतियोगितामा फ्रान्स, जर्मनी,  फिन्ल्याण्ड, लक्जमबर्ग, डेनमार्क र बेलायत लगायतका  बिभिन्न मूलुक बाट गरि झण्डै १२ टीमको  सहभागीता रहने समाजका उपाध्यक्ष एवं खेल सँयोजक हुतराज पुनले जानकारी दिनुभयो । हाल पोर्चुगलमा बस्दै आएका नेपालका राष्ट्रिय भलिबल रेफ्रीहरु नारायणकाजी मगर र अमृत गुरुङ्द्धारा खेल खेलाईने पुनले बताउनुभयो । पुनका अनुसार प्रतियोगिता अन्र्तगत छुट्टै महिला भलिबल प्रतियोगिता समेत समाबेश गरिएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २ हजार युरो नगद, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई १५ सय युरो नगद, मेडल र प्रमाणपत्र र तृतीय हुने टीमलाई १ हजार युरो नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने समाजका महासचिव बिनोद मगरले जानकारी दिए ।

प्रतियोगिातामा उत्कृष्ट  घोषित हुने खेलाडी, डिफेण्डर र सर्भरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको मगरले बताए । झण्डै १० हजार युरो खर्च अनुमान गरिएको उक्त प्रतियोगिता युरोपमा नेपाली सँघ सँस्थाले आयोजना गर्ने भलिबल प्रतियोगिता मध्येकै ठूलो धनराशीको प्रतियोगिता भएको आयोजकको दाबी छ । उक्त भलिबल प्रतियोगिता आयोजक सँस्था मगर समाजको दोश्रो सँस्करण हो ।

सो अवसरमा मगर भेषभूषा सहितको कौडा नृत्य तथा मगर सँस्कृती झल्किने खालक बिशेष साँस्कृतीक झलकहरु प्रस्तुत हुने समाजले जनाएको छ । साथै पोर्चुगलमा रहेका स्थानिय ख्यातीप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ