arrow

अमिताभ, शाहरुख र सलमानलाई आमिरको चुनौती

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
amir.jpg

एजेन्सी । बलिउड अभिनेता अमिर खानले अमिताभ बच्चन, शाहरुख खान र सलमान खानलाई चुनौती दिएका छन् । शुक्रवार उनले हातमा सेनेटरी प्याड समातेको तस्विर ट्विटरमा  पोष्ट गर्दै चुनौती दिएका हुन् ।

उनले सेनेटरी प्याड बोक्दा आफुलाई कुनै प्रकारको लाज महसुस नहुने लेखेका छन् ।  महिलामा हुने महिनावारि समान्य प्रक्रिया भएको भन्दै उनले साथिहरुलाई सेनेटरि प्याड बोकेर तस्विर खिचाएर पोष्ट गर्न भनेका छन् ।

साथै उनले बलिउडका तीन हस्ति अमिताभ  , शाहरुख र सलमानलाई सेनेटरी प्याड बोकेको तस्विर खिचाउन  चुनौती दिएका छन् ।

सेनेटरी प्याडलाई लिएर बनाइएको अक्षय कुमार अभिनित चलचित्र 'प्याड म्यान' फेब्रुअरी ९ मा रिलिज  हुदैछ ।  चलचित्रमा अक्षय कुमार, सोनम कपुर र राधिका अपते मुख्य भुमिकामा रहेका छन् ।

 अक्षय कुमारले महिलाका लागि सेनेटरी न्यापकिन बनाउने मेशिनको आविष्कार गरेर ग्रामिण इलाकामा जागरुकता फैलाउनका लागि गरिएको संघर्ष देखाइएको छ । चलचित्रको निर्देशक आर बालकीले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ