arrow

परिवार नियोजन संघलाई पुनःसंरचना गरिने

logo
प्रकाशित २०७४ माघ १९ शुक्रबार
pariwae.jpg

काठमाडौँ ।  नेपाल परिवार नियोजन संघले मुलुकको नयाँ संरचनाअनुसार संघलाई पुनःसंरचना गर्ने भएको छ । संघका नवनियुक्त अध्यक्ष छत्रबहादुर गिरीले शुक्रवार पदभार ग्रहण गर्दै ग्रामीण भेगमा परिवार नियोजनको महत्व र सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

सरकारले दिएको निर्देशन तथा जिम्मेवारीअनुसार आफूहरुले कार्य सम्पादन गरी ५९ वर्ष पुरानो संस्थाको गरिमा जोगाउने र थप गतिसहित नयाँ उचाइमा पुर्‍याउने बताउँदै संस्थाको हितमा काम गर्न चाँडै नै नयाँ कार्य समितिलाई क्षेत्राधिकार हस्तान्तरण गर्ने जानकारी दिए ।

उक्त कार्यक्रममा संघका पूर्वअध्यक्ष सुवास प्रधानले पुरानो कार्य समितिले संस्थाको उद्देश्यअनुसार कार्य गर्न नसकेको हुँदा धरासायी बनेको अवस्थामा सरकारले विघटन गरी नयाँ समिति गठन गरेकामा खुशी व्यक्त गरे ।

संस्थाकी कार्यकारी निर्देशक महिमा मल्लले पहिला पनि काम गरिसकेको अनुभवी व्यक्ति नयाँ कार्य समितिको नेतृत्व लिएको हुँदा संस्थाले प्रगति कायम गर्ने विश्वास व्यक्त गर्दै स्थानीय सरकारसँग समन्वय गरी सोही तहदेखि नै जनतालाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

विसं २०१६ असोज २ गते स्थापना भएको उक्त संस्थामा करिब ५०० कर्मचारी कार्यरत छन् । सरकारले संस्थाको सुदृढीकरण तथा व्यवस्थापनका लागि पूरानो कार्य समिति विघटन गरी गिरीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरी संघीय संरचनाअनुसार संस्था पुनःसंरचनाको जिम्मेवारीसमेत दिएको थियो ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ