arrow

राष्ट्रिय सभाका मतदातालार्इ कांग्रेसको निर्देशन : २२ गतेसम्म मतदान केन्द्रमा पुग्नु

logo
प्रकाशित २०७४ माघ २० शनिबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अनिवार्य सहभागिताको लागि मतदातानामावलीमा नाम भएका नेताहरुलाई निर्देशन दिएको छ । कांग्ररेस केन्द्रीय कार्यालय सानेपाले शनिबार एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

यही माघ २४ गते देशका सात वटै प्रदेशहरुमा सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्यहरु र स्थानीय तहका नगरपालिकाका प्रमुख एवं उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरु स्वदेश तथा विदेश जहाँ रहेको भएपनि पनि यही माघ २२ गते भित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुनु हुन पनि निर्देशन दिएको छ । 

कांग्रेसले पार्टी एवं राष्ट्रिय सभाका उम्मेदवारहरुसँग निरन्तर सम्पर्कमा रहिरहन र २०७४ माघ २४ गते आ–आफ्नो प्रदेशको मतदान स्थलमा हुने राष्ट्रिय सभाको निर्वाचनमा अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न पनि निर्देशन दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ