arrow

सिजी कर्पाेरेटले तिर्यो १ करोड २८ लाख कर

logo
प्रकाशित २०७४ माघ २० शनिबार
lalitpur_mahanagarpalika_hamrakura11.jpg

काठमाडौं । सिजी कर्पाेरेटले ललितपुर महानगरपालिकालाई १ करोड २८ लाख रुपैयाँ कर तिरेको छ । लामो समयसम्म कर तिर्न आलटाल गरिरहेको सिजी प्रपर्टीले ललितपुर महानगरपालिकाले तोके अनुसारको कर तिरेको हो । महानगरपालिकामा केही महिना अघि सिजी प्रोपर्टीजले आफ्नो कम्पनीले तिर्नुपर्ने करको बारेमा जानकारी माग्दा डेढ करोडको बक्यौता रहेको भन्ने भेटिएपछि कम्पनीले कर नतिर्ने बरु कानून नै संशोधन गरेर देखाईदिने चुनौती दिएका थिए । 

महानगरपालिका स्रोतका अनुसार डेढ करोड रुपैयाँ भन्नेवित्तिकै कम्पनीका प्रतिनिधिहरु आत्तिएर सो रकम तिर्न नसक्ने प्रतिक्रिया दिएका थिए । उनीहरुले बरु कुन् कानून अनुसार आफूले सो रकम तिर्नुपर्ने भएको हो सो कानून नै संशोधन गरेर ल्याईदिने चुनौती दिएका थिए ।

महानगरपालिकाका अधिकारीहरुले पनि आफूले कानून अनुसार राजश्व लिने गरेको भन्दै कानून संशोधन गर्ने भए संशोधन गरेर देखाईदिन चुनौती फर्काए । त्यसको केही दिनमा ती अधिकारीहरुले कानूनको संशोधनको लागि मस्यौदा त लिएर आए तर, उनीहरुले जुन मस्यौदा लिएर आएका थिए त्यो आगामी साउन महिनादेखि मात्रै लागू हुने कानून थियो । र अर्काेतर्फ कानूनले एकीकृत सम्पत्तिकरलाई सम्बोधन गरेकोमा ललितपुर महानगरपालिकाले साउनदेखि मात्रै एकीकृत सम्पत्ति कर लगाउने भएकोले अहिलेसम्मको कर तिर्नैपर्ने अवस्था हुन आएको छ । 

यसरी ऐन नै संशोधन गरेपनि यस विषयमा हाम्राकुरा डटकमले सूचना प्राप्त गरेर कर नतिर्न ऐन नै संशोधन गरेको समाचार सम्प्रेसण गरेपछि कम्पनीप्रति नै नकारात्मक धारणा उत्पन्न हुने देखेपछि सिजी प्रपर्टीजले केही दिन अघिमात्रै १ करोड २८ लाख रुपैयाँ कर तिरेको ललितपुर महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका आर्थिक समिति प्रमुख रविन्द्र महर्जनले कम्पनीले कर तिरेको प्रतिक्रिया दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ