arrow

ग्रामीण भेगमा सेनाले संचालन गर्‍यो निशुल्क स्वास्थ्य शिबिर

logo
गणेश मौनी,
प्रकाशित २०७४ माघ २० शनिबार
jach_garaudai1.jpg

डोटी । नेपाली सेनाले डोटीको पुर्बिचौकी गाउपालिका २ बगलेगमा शनिबार एक दिने निशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेको छ । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले उक्त निशुल्क स्वास्थ्य सिबिरको आयोजना गरेको हो ।

 बाराही देवि आधारभुत विद्यालयको प्राङगणमा संचालन गरेको उक्त शिविरको उद्घाटन सुदूरपश्चिम पृतना दीपायल राजपुर ब्यारेकका पृतनापती उपरथी झंकरबहादुर कडायतले गरेका थिए । उक्त सिबिरको उद्घाटन गर्नु हुदै पृतनापती उपरथी कडायतले डोटेली जनतालाई रोग पिडा नहोस र बिरामी परेर गाउघरका थलापरेका बृद्धबृद्धा तथा अशक्त केटाकेटीहरुलाई घर दैलोमै निशुल्क रुपमा उपचारहोस भन्ने उद्देश्यले सेनाले स्वास्थ्य सिबिर सञ्चालन गरेको बताए ।

 उनले भने ‘सेना र जनताको बिचको सम्बन्ध माछा र पानीको जस्तो होस र हाम्रो सानो सहयोगले जनतामा खुसियाली छाउनुका साथै हाम्रो सम्बन्ध अझ गाढा र प्रगाढ होस भन्ने उदेश्य हो,खास गरी भन्नु पर्दा यो सेवा जनताका लागि हाम्रो चिनोहोस भन्ने हो ।’

सेनाले आफनै घर आगनमा निशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेपछि आफुलायत अन्य स्थानियहरु सेना प्रति निकै खुसी भएको सो सिबिरमा उपचारका लागि आउनु भएका ९५ बर्षिय डम्मर सिंह साउँदले बताए । उनले भने ‘म बृद्ध भएको मान्छे उपचार गराउन अस्पताल सम्म जान सक्ने अवस्थाको थिएन,बिरामी परेर घरैमा बस्न बाध्य थिए,सेनाले मेरै घर आगनमा आएर निशुल्क शिबिर चलायो म लगायत धेरै बिरामी गाँउलेहरुले निशुल्क उपचार गर्न पाए,हामी यसैमा खुसि छौ,सेनाले गरेको यो कामको  हामी सधै ऋणि हुने छौ ।’ नेपाली सेनाले सञ्चालन गरेको उक्त सिबिरबाट सो गाउपालिकाका २ सय ९१ जनाले उपचार सेवा लिएका छन् ।

 जसमा १ सय ३१ जना महिला, ६६ जना पुरुष र ९४ जना बालवालिका रहेका रुद्धध्वज गणका गणपति विश्वराज कोइरालाले बताए । शिविरमा नम्बर ५ फिय गुल्म कैलाली र जिल्ला  स्वास्थ्य कार्यालय डोटीका चिकीत्सकहरुको टोली रहेको थियो । उक्त सिबिरकै अवसरमा सो गणले उक्त गाउपालिकाका निम्न आए स्तर,अपांग तथा दलित गरी १० घरपरीवारलाई खाद्यान्न समेत बितरण गर्नुका साथै सो गाउपालकामा रहेको बाराही देबी आधारभुत बिद्यालयलाई खेलकुद सामाग्री समेत बितरण गरिएको थियो ।

उक्त सिबिरमा डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुरखत्री,रुद्धध्वज गणका गणपती बिस्वराज कोईराला,प्रहरी प्रमुख मधुसुदन लुईटेल लगायतका बिभिन्न कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ