arrow

युवा पुस्ताले अस्थाई साधन प्रयोग नगर्दा गर्भपतन वढ्यो

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ माघ २० शनिबार
health.jpg

पोखरा । युवा पुस्ताहरुले परिवार नियोजनका साधन प्रयोग नर्गनाले गर्भपतनको सख्या दिनानुदिन बढ्रदै गएको एक कार्यक्रममा औल्याइएका छन । यसको रोकथामका लागि ब्यापक मात्रमा जनचेतनाका गतिबिधि नै सन्चालन गरिनुपर्ने समेत सुझाब दिएका छन ।

शनिबार उज्यालो भबिष्य नेपाल, मेरी प्रज्वनन स्वास्थ्य सेवा केन्द पोखरा नागढुडगा र औषधी ब्यबसायी सघले आयोजना गरिएको ”सुरक्षित गर्भपतन सेवा बिषयक” अन्र्तकृया कार्यक्रमको उदघाटन गर्दै  प्रदेश नम्बर चारका सांसद कृष्ण थापाले भबिष्यका कर्णधार युवा पुस्ता किशोर अबस्थामा नै यस किसिमको सेवा लिन केन्द्रीत हुनु जनचेतनाको अभाब खडकिएको बताए । सांसद थापाले भौतिक पुर्बाधार निर्माा मात्रै बिकास ठानिनु गलत भएको तथ्याङक पेश गर्नुहुदै अब स्वास्थ्य क्षेत्रको बिकासका लागी आआफनो ठाउबाट योगदान दिने समय आईसकेको बताए ।

उज्यालो भबिष्य नेपाल, मेरी प्रज्वनन स्वास्थ्य सेवा केन्द्रका अध्यक्ष राज बहादुर गुरुडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर मुकेश मल्लिकले सुरक्षित गर्भपतन, बालमृत्युदर घटाउने, मातृमृत्युदर घटाउने तर्फ सस्था केन्द्रीत रहेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य अधिकृत नानीबाबु ढकालले सुरक्षित गर्भपतनका लागी निजिक्षेत्रले स्थापना गरेका मेडिकलहरुको महत्वर्पुण भुमिका रहने हुदा सोही अनुसार जनस्वास्थ्यमा सचेत हुनुपर्ने बताए ।

 गण्डकी मेडिकल सघका अध्यक्ष राम बहादुर केसीले सुरक्षित गर्भपतनसगै बालमृत्युदर घटाउन समेत सस्थाले पहल थाल्नुपर्ने बताउनुभयो । उधोग बाणिज्य सघ पोखराका कार्यसमिति सदस्य यमनाथ पौडेलले सरकारले निजिक्षेत्र लाई निरुत्साही गराउने खालका स्वास्थ्य ऐन, नियम ल्याउन नहुनेमा जोड दिए ।

 कार्यक्रममा गण्डकी मेडिकल सघका महासचिब कृष्ण प्रसाद पाण्डे, स्टार मेडिको फर्माका सन्चालक उमेश देबकोटा,मेरी प्रज्वनन स्वास्थ्य सेवा केन्दका बोर्ड सदस्य मोहन त्रिपाठी, फिल्ड सुपरभाइजर नेत्रलाल भण्डारी लगायतले सुरक्षित गर्भपतनलाई समयसापेक्ष अझै कसरी सुरक्षित गर्न सकिन्छ भन्नेमा लाग्नुपर्ने सुझाब दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ