arrow

प्रदेश २ को बैठक : फोरम र राजपालाई हिन्दी, अरुलाई मैथली प्यारो

logo
प्रकाशित २०७४ माघ २१ आइतबार
pradesh-2-cabinet.jpg

काठमाडाै‌ँ । प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक सकिएको छ । दिउँसो साढे १२ बजे शुरु भएको बैठक एक घण्टा बसेर सकिएको हो । मधेश आन्दोलनका शहीदको फोटो नराखेको भन्दै राजपाका सांसदहरु मनिष सुमन र डिम्पल झा लगायतले आपत्ति जनाएपछि बैठक २ मिनेट जति अबरुद्ध भएको थियो । तर सभामूखको भूमिका निर्वाह गरेका एमाले सांसद लगनलाल चौधरीले उनीहरुको पनि फोटो झुण्ड्याउने बाचा गरेपछि बैठक नियमति भयो ।

अरु दलका एक-एक, गुट बनाउँदा एमालेका २ जनाले बोल्न पाए 

पहिलो बैठकमा संघीय समाजबादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, संघीय समाजबादी पार्टी नेपाल र स्वतन्त्र सांसद शेख अब्दुल कलाम आजाले हिन्दीमा संबोधन गरे । बाँकी सांसदले मैथलीमा सम्बोधन गरे । 

प्रदेश नम्बर २ को सबभन्दा ठूलो दल समाजबादी फोरमका सांसदलाई १४, राजपाका सांसदलाई १३, काँग्रेसका सांसदलाई ९ र एमालेका २ जना सांसदलाई पाँपाँच र बाँकी सांसदलाई २ मिनेट बोल्ने समय दिइएको थियो ।

अरु सबै दलबाट एकेक जना सांसदले बोल्न पाए पनि, एमालेका २ जनाले बोल्न पाए । सभामुख पनि एमाले कै भएका कारण उनले आफ्नो दललाई बढी सुबिधा दिएको भन्दै केही सांसदले भने बाहिर निस्केर गुनासो गरेका थिए ।

काँग्रेस सांसद भन्दा अघि बोलेका एमाले सांसद सत्यनारायण मण्डलले ५ मिनेट लिए । अन्तमा एमालेका शत्रुघन महतोले पनि पाँचै मिनेट पाए । जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिका निर्वाह गरेका लगनलाल चौधरी पनि एमालेकै सांसद हुन् । पार्टीभित्रको गुटका कारण एमाले पाएको समय सभामुख चौधरीले आधाआधा गरेर मिलाइदिएका हुन् । मण्डल ओली र महतो नेपाल गुटका नेता हुन् ।

प्रदेश २ को अर्को बैठक आउँदो २९ गतेका लागि डाकिएको छ । २९ गते सभामुखको चुनावी कार्यक्रम खुला हुने छ भने, फागुन २ गते सभामुखको चुनाव हुनेछ । प्रदेश २ मा प्रत्यक्ष निर्वाचित ६४ सहित १ सय ७ जना सांसद छन् ।

५ को पनि सकियो ।

बुटवलमा बसेको प्रदेश नम्बर ५ को बैठक पनि सकिएको छ । दिउँसो १ बजे शुरु भएको बैठक ठ्याक्कै १ घण्टामा सकिएको हो । प्रदेश ५ को सभामुखको निर्वाचन पनि फागुन २ गते १ बजेका लागि तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ